वि.सं.२०८३ असार २२ सोमवार

सुन्धारा केन्द्रीय कारागारमा १७, १२ र ९ वर्षदेखि एउटै प्रहरी : सरुवा भएर पनि किन गएनन् ?

केन्द्रीय कारागारभित्र १७ वर्षदेखि ‘साम्राज्य’मा एउटै अनुहारले ‘राज’ गरे

देशमा सत्ता परिवर्तन भयो। सरकार फेरिए। मन्त्री फेरिए। सचिव फेरिए। नेपाल प्रहरी संगठनभित्र पनि आईजीपीदेखि एआईजी, डीआईजी, एसएसपी, एसपी, डीएसपी हुँदै इन्स्पेक्टरसम्म व्यापक हेरफेर भए। तर, राज्यको सबैभन्दा संवेदनशील मानिने सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा भने, “१७, १२, ९” वर्षदेखि एउटै अनुहारले ‘राज’ गरिरहेको तथ्य बाहिरिएको छ।

प्रहरी स्रोतका अनुसार, केन्द्रीय कारागारमा १७ बर्षदेखि जरा गाडेर बसेका प्रहरी सहायक निरीक्षक (असई) बलराम महत, १२ बर्षदेखि प्रहरी हवल्दार ढालबहादुर खत्री र ९ बर्षदेखि सहायक हवल्दार पाण्डव ढुंगेलले कारागारभित्र प्रभावशाली मानिने चौकीदार, मुख्य नाइके, नाइके, भाइनाइके र सहनाइकेहरू आडमा जरा गाडेर बसेका छन् ।

यिनै तीन जनाको संरक्षण, सेटिङ र प्रत्यक्ष संलग्नतामा कारागारभित्र महिला र पुरुष कैदीबीच गोप्य भेटघाट गराइँदै आएको छ, त्यो पनि खुला पैसाको खेलमा। उक्त समाचार २०८३ जेठ २१ गते बिहीवारमा जनअदालतले “यस्ताे छ सुन्धारा कारागारको भित्री रहस्य : १७ बर्षदेखि जेलरसहित ३ प्रहरीले दिन्छन् ‘भिआइपी कैदी सेवा’ ?” शिर्षकमा समाचार प्रकाशित गरि सकेकाे छ ।

याे पनि पढ्नुहाेला ।

यस्ताे छ सुन्धारा कारागारको भित्री रहस्य : १७ बर्षदेखि जेलरसहित ३ प्रहरीले दिन्छन् ‘भिआइपी कैदी सेवा’ ?

 

सबैभन्दा गम्भीर पक्ष के भने, यस्तो भेटघाट कुनै लुकिछिपी हुने होइन, प्रहरीकै प्रत्यक्ष रोहबरमा हुने गरेको छ। अर्थात् सुरक्षा निकायको जिम्मेवारी बोकेका प्रहरी नै नियम मिच्दै, कानुनको खिल्ली उडाउँदै, कारागारलाई ‘व्यापारिक केन्द्र’ बनाउने खेल भइरहेकाे छ ।

यि तिनै जना प्रहरीकाे याे भन्दा अगाडी नै अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले काज सरूवा गरि सकेकाे भएतापनि बिचौलिया र पैसा आडमा बिचौलियामार्फत सेटिंग मिलाएर सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कार्यरत छन् ।

याे पनि पढ्नुहाेला ।

 

सामाखुसी महिला काण्ड : एआईजी ईश्वर कार्कीको भूमिकामाथि बढ्दो शंका

यिनिहरूकाे सरुवा भइसकाे छ । तर कसकाे कहाँ ? भन्नेमा अलमल नहुनु । (असई) बलराम महतकाे काठमाडाैं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं.२ महाराजगञ्जमा ,प्रहरी हवल्दार ढालबहादुर खत्रीकाे त्रिअ बिसुका गाैचर प्रशासन शाखा र यस्तै सहायक हवल्दार पाण्डव ढुंगेलकाे काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा भएकाे थियाे, तर यिनिहरूले अहिलेसम्म कतै जान मानेका छनैनन् र कसैले यिनिहरूलाई हटाउन सक्दैनन् ।

यसले केन्द्रीय कारागारभित्र दुई प्रकारको ‘न्याय प्रणाली’ चलिरहेको स्पष्ट देखाउँछ। एउटा पैसावालाका लागि, अर्को कमजोर र पहुँचविहीनका लागि।

लामो समयदेखि एउटै ठाउँमा बसेका यी प्रहरीमाथि यस्ता गम्भीर आरोप लागिरहँदा पनि किन सरुवा भएनन् ? किन कारबाही भएन ? किन प्रहरी नेतृत्व मौन छ ? यी प्रश्न अहिले गम्भीर रूपमा उठ्न थालेका छन्।

स्रोतका अनुसार, १७ वर्षको अवधिमा धेरै प्रहरी अधिकृत फेरिए, कारागार प्रशासन फेरियो, गृह मन्त्रालयका नेतृत्व फेरिए, तर यी तीन प्रहरी भने सधैं जोगिँदै आए। यसले उनीहरूको पहुँच र संरक्षणमाथि नै प्रश्न उठाएको छ।

याे पनि पढ्नुहाेला ।

 

केन्द्रीय कारागारका कैदी होटलमा: उपचारको बहानामा बियर, मासु र महिलासँग ३ घण्टा

किन संवेदनशील ठाउँमा लामो समय बस्दा पनि निगरानी हुँदैन ? खप्तडटिभीले यस विषयमा थप प्रमाण, दस्तावेज र प्रत्यक्ष बयान संकलन गरिरहेको छ। यदि सम्बन्धित निकायले समयमै निष्पक्ष छानबिन गरेन भने, कारागारभित्रका थप तथ्य सार्वजनिक गर्नेछ ।

केन्द्रीय कारागार, जगन्नाथदेवलमा ठगी कसुरमा कैद भुक्तान गरिरहेका अनुप भण्डारीलाई उपचारको बहानामा होटलमा लगेर ‘मस्ती’ गराउने दुई प्रहरी जवान सेवाबाट बर्खास्त भए। गत जेठ १ गते कैदी भण्डारीलाई ‘उपचार गर्न’ भन्दै सामाखुसीस्थित बिनायक अस्पताल तथा प्रसूति गृह प्रालि लैजाने बहानामा प्रहरीले बाटोमै होटलमा लगेका थिए।

सुरक्षाका लागि खटिएका प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले भण्डारीलाई हतकडीबिना नै दीप सागर गेस्ट हाउस पुर्‍याएका थिए। स्रोतका अनुसार, दिउँसो १:४५ बजेबाट गेस्ट हाउसको पहिलो तलाको कोठा नम्बर ५०२ मा भण्डारीले मासु र बियर सेवन गर्नुका साथै ३२ वर्षीया एक युवतीसँग ३ घण्टा समय बिताएका थिए।

कैदी भण्डारीले गेस्ट हाउसमा मासु र बियर खानुका साथै युवतीसँग समय बिताएको सूचना चुहिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी ओम अधिकारीका अनुसार, घटनाको छानबिनपश्चात् पदीय आचरण र जिम्मेवारीको गम्भीर उल्लंघन भएको ठहर गर्दै उनीहरूलाई सेवाबाट बर्खास्त परे, तर यि तिन जनालाई अहिलेसम्म बर्खास्तकाे त कुरै छाेडाैं, कार्वाहीसम्म गर्न सकेकाे छैन्। गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय टुलुटुलु हेरेर बसेकाे छ ।