वि.सं.२०८२ पुस २९ मंगलवार

‘प्रभु प्रकरण’-९ : रेमिट्यान्स प्रमुख शाक्य पक्राउ, १ अर्ब बढी घोटालाको आरोप

काठमाडौँ । प्रभु बैंकलाई १ अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्‍याएको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोपमा उनलाई आज ललितपुरबाट पक्राउ गरेको हो ।

‘प्रभु प्रकरण’-४ : सीईओ अशोक शेरचन गम्भिर आर्थिक अपराधमा संलग्न

 

ललितपुर महानगरपालिका-१७ कनिबहाल घर भएका ४२ वर्षीय शाक्यलाई उच्च अदालत पाटनको अनुमतिमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार शाक्यले नियम विपरीत ‘सुपर एजेन्ट’ खडा गरी प्रभु म्यानेजमेन्ट प्रा.लि.लाई पेस्की रकम दिएका थिए ।

‘प्रभु प्रकरण’-४ : सीईओ अशोक शेरचन गम्भिर आर्थिक अपराधमा संलग्न

उक्त कम्पनीसँगको रेमिट्यान्स कारोबार स्थगित भइसक्दा पनि लामो समयसम्म स्वार्थ समूहलाई त्यो रकम प्रयोग गर्न दिएर बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ नोक्सान पुर्‍याएको आरोप उनीमाथि छ ।