पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) देवेन्द्र सुबेदीले हालै जेन जी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि नेकपा(माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवासबाट दुई करोड रुपैयाँ दुई वटा ट्रकमा सारिएको भन्ने आश्चर्यजनक दाबी गर्दै प्रमाण बिनाको समाचार फैलाएका छन्।
यस्ता प्रकारका प्रचारहरूले सार्वजनिक भ्रम सिर्जना गर्ने मात्रै होइन समाजमा विभाजन र अविश्वासको वातावरण बनाउने खतरा पनि निम्त्याउँछ।
प्रहरी सेवामा रहँदा देखि नै देबेन्द्र सुबेदीको छवि विवादास्पद रहँदै आएको हो।
उनी विभिन्न समयमा अनियमितता र भ्रष्टाचारका आरोपमा समावेश व्यक्ति हुन्।
विशेष गरी तत्कालीन गृह मन्त्री विजयकुमार गच्छदारको कार्यकालमा उनले पैसाको ब्रिफकेस बोकेर विभिन्न ठाउँमा प्रभाव जमाउने र बढुवा लिने प्रयास गरेको विषयमा सो समयकै प्रहरी स्रोतहरूले पुष्टि गरेका थिए।
सो घटनापछि तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले “भ्रष्ट र विवादित व्यक्तिलाई बढुवा नगर्नु” भनी प्रत्यक्ष निर्देशन दिएका थिए। त्यस निर्देशनकै कारण सुबेदीको बढुवा प्रक्रिया तत्कालका लागि रोकिएको थियो।
बढुवाबाट छुटेका सुबेदी त्यसबेलाको रिस र असन्तुष्टि अहिले राजनीतिक वक्तव्यका रूपमा पोख्दै हिँडिरहेका छन् भन्ने बुझिन्छ।
देबेन्द्र सुबेदीको प्रहरी सेवाको इतिहास पनि विवाद रहित कहिल्यै रहेन।
प्रहरी नायव महानिरीक्षक (डीआईजी)का रूपमा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहदा अथवा एआईजी भएर प्रहरी एकेडेमीमा रहदा अनुचित लेनदेन र अनुसन्धानमा प्रभाव पारेको बिषय तत्कालिन समयमा समाचार सम्प्रेषण र उजुरी समेत परेको थियो।
उनी पदमा रहँदाका अधिकांश समयमा पद, पैसा र पहुँचको गलत प्रयोगका आरोपहरू बारम्बार दोहरिरहन्थ्यो ।
अहिले उनी प्रहरी सेवामा प्राप्त असफलता र विगतका विवादहरूलाई ढाकछोप गर्न माओवादी नेतृत्व माथि असत्य प्रचार गरेर पुनः चर्चामा आउने प्रयास गरिरहेका छन्।
सामाजिक संजालमा भाइरल बन्ने प्रतिस्पर्धामा उनी जस्तोसुकै भ्रामक कुरा पनि बोल्न पछि पर्दैनन्।
तर लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रताको नाममा प्रमाण बिनाका कुरा फैलाउने, नेताहरूको इमान र प्रतिष्ठामाथि आक्रमण गर्ने र जनतालाई भ्रमित पार्ने कार्य कुनै पनि रूपमा स्वीकार्य हुन सक्दैन।
प्राय मिडियाकर्मीहरूलाई देबेन्द्र सुबेदीका विगतका कर्तुत र कार्यशैलीबारे राम्ररी जानकार छन।
उनले प्रहरी सेवामा रहँदाखेरि पनि पद र प्रभावको दुरुपयोग गरेका थिए भन्ने कुरा विभिन्न घटनामा प्रष्ट भइसकेको छ। अहिले फेरि त्यही प्रवृत्तिलाई निरन्तरता दिँदै उनी राजनीतिक घृणा र व्यक्तिगत प्रतिशोधका आधारमा असत्य प्रचारमा उत्रिएका छन्।
जनताको विश्वास र राष्ट्रिय हितसँग प्रत्यक्ष सम्बन्धित विषयमा यसरी प्रमाण बिनाको प्रचार गर्नु न त जिम्मेवार आचरण हो, न त नैतिक दृष्टिले उचित।
देबेन्द्र सुबेदीले बोलेका असत्य आरोपहरू उनको व्यक्तिगत चरित्र र नैतिक पतनको सूचक हुन्। आवश्यक परेमा सम्बन्धित निकायले उनको भूतपूर्व कार्यशैली, सम्पत्ति स्रोत र अभिव्यक्तिका कारणहरूबारे छानबिन गर्नु जरुरी छ।
नेपालको प्रहरी संस्थाको इज्जत र अनुशासन जोगाउन यस्ता भ्रामक पात्रहरूका असत्य अभिव्यक्तिको पर्दाफास हुनु अत्यावश्यक छ।
सत्य बोल्ने र प्रमाणसहित सार्वजनिक रूपमा प्रस्तुत हुने संस्कार विकास नगरेसम्म देशले न्याय र नैतिकताको बाटोमा अघि बढ्न सक्दैन।