सप्तरी ।सप्तरी मा प्रहरीले एक लाख मुल्य बराबरको अबैध समान पकाउ गरेको छ।जिल्लाको बलान विहुल गाउँपालिका-२ सेहरा चौक स्थित भारतबाट अवैध रुपमा ल्याउँदै गरेको लताकपडा र किराना समान प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी मलहनिया बाट खटिएको टोली ले बलान विहुल गाउँपालिका-२ सेहरा चौक बाट करीब १ लाख मुल्य बराबर को अवैध लत्ताकपडा र किराना साम्ग्रगी पक्राउ गरेको प्रहरी ले जनाएको छ।
प्रहरी गस्ती टोलिलाई तस्कर ले देख्नासाथ समान छाडी फरार भएको प्रहरी ले जनाएको छ।
पक्राउ परेको सामान आबश्यक कार्वाही प्रक्रियाको लागी
जिल्ला प्रहरी कार्यालय सप्तरी बुझाएको छ।























