वि.सं.२०८० फागुन ११ शुक्रवार

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न रहेका ३जनालाई सिरहा प्रहरी पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा लहान नगरपालिका वडा नं. ०३ बस्ने बर्ष २० नबिन कुमार महतो, सोही ठाउँ बस्ने बर्ष २४ को राकेश रायर सिरहा नवराजपुर गाउँपालिका वडा नं.०३ जगतपुर बस्ने बर्ष २२ को सन्तोष कुमार यादव रहेका छ्न।

मगलबार ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिकाको विभिन्न स्थानबाट को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल र स.६प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकल चोरी भएको हुदा उक्त मोटर साइकल हरु सिरहा नवराजपुर गाउँपालिका वडा नं.०३ जगतपुर स्थित हनुमान चोकबाट को.२६प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाईकल र सुखिपुर नगरपालिका वडा नं.०८ स्थित दिनेश वर्कसपबाट स.६प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकल फेला पारी रितपुर्वक चोरीमा संग्लन ३ जनालाई पक्राउ गरेको प्रहरी ले जनाएको छ।

पक्राउ परेका तिनै जनालाई सम्मानित सिरहा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा दिन ५ (पाँच) को म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।