वि.सं.२०८१ असार १ शुक्रवार

लागु औषधसहित ३ जना कर्याप्पै

लागुऔषध नियन्त्रण ब्युरोले ठुलो मात्रामा लागु औषधसहित आरोपितहरुलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २८१० एम्पुल लागु औषध बरामद भएको ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विकासराज खनालले बताए ।

खनालका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई भैरहेको छ ।

पक्राउ पर्नेमा नबिन श्रेष्ठ, सिभिल इन्जिनियर धुर्ब लिम्बु, जमुना साह तेली रहेका छन् ।

पक्राउ पर्ने श्रेष्ठ कर्तब्य ज्यान मुद्धामा ८ वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । इन्जिनियर लिम्बु कोठामा कम्प्युटर मर्मतको काम गर्दै आएका थिए ।