एमसीसी र एसपीपी विरूद्ध साहित्यिक रूपमै सबैले खबरदारी गर्न साहित्यिक पत्रकारसंघकाे आह्वान ललितपुर – सर्जक उषा केसीको दोस्रो कृति मुक्तकसङ्ग्रह ‘माकुरी’ सार्वजनिक भएको छ ।
साहित्यिक पत्रकार संघले केसीको आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.काे आमाकाे जन्मदिनकाे अवशर पारेर सार्वजनिक गरेका हुन् ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी काेनेकाे प्रमुख आतिथ्यमा आयाेजित उक्त कार्यक्रममा काेनेले नेपाली मुक्तक क्षेत्रकाे विषयमा चर्चा गरे । काेनेले एक मुक्तकले एक महाकाव्य बाेल्न सक्ने क्षमता राख्नु पर्ने बताए ।
पत्रकार तथा साहित्यकार राजन कार्कीले ‘माकुरी’ कृतिका मुक्तक बाचन गरि लेखक के.सी.को लेखन यात्राका लागि शुभकामना व्यक्त गरे । आमाकाे नाममा कृति निकाल्नु हरेक आमाहरूका लागि सुखद कार्य भएको पनि कार्कीले बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमाेद प्रधानले के.सी.काे दाेस्राे मुक्तक मुक्तकसङ्ग्रह निकै खारिएर आएकाे बताएका छन् । उनी साहित्य क्षेत्रमा जति मेहेनत गरिरहेका छन् अन्य क्षेत्रमा समेत उतिकै मेहेनत गर्ने सर्जकका रूपमा आफुले नेपाल भारत साहित्य महाेत्सव आयाेजना गर्दानै थाहा पाएकाे बताए । कृतिकाे बारे बाेल्दै प्रधानले माकुरी कृतिमा आम आमाहरूकाे आवाजमात्र नभइ समाज र देश पनि उत्तिकै ससक्त रूपमा मुक्तकमा बुलन्द बनेर आएकाे बताए ।
कृतिकाे समिक्षा वरिष्ठ समालाेचक डा. गाेविन्दमान सिंह कार्कीले गरेका थिए । समालाेचक कार्कीले माकुरी कृति भित्रका मुक्तकका विविध पक्ष केलाएका थिए भने कृति सङ्ग्रहनिय रहेकाे बताए । कार्यक्रममा डा. दामाेदर पुडाशैनी किशाेरले माकुरी मुक्तक कृति जस्ता थुप्रै आमाहरूका आवाज अबका साहित्यले बुलन्द गर्नुपर्ने बताए ।
‘माकुरी कृतिमा आमाका आवाज बुलन्द गरेर के.सीले मुक्तक क्षेत्रमा नयाँ आयाम थपेकाे छ ।’ डा. पुडाशैनीले भेन । त्यस्तै स्रष्टा समाजका अध्यक्ष पवन आलाेकले लेखक के.सी.लाई तेस्राे कृति समेत आमाकै हातबाट लाेकार्पण गर्ने अवशर मिलाेस् भनि शुभकामना व्यक्त गर्दै दिर्घायुकाे कामना गरे । कार्यक्रममा मुक्तककार निशा के.सी र शान्ती शर्माले माकुरी कृतिका मुक्तकहरू वाचन गरेका थिए ।
कार्यक्रममा कृतिका लेखक के.सी.ले आफ्नो वाल्यकालमा भोगेको पिडा सुनाएका थिए । समाजमा विबाहपछि पनि महिलालाई हेयकाे दृष्टीले हेर्ने पद्दतीकाे सिकार आफु र आफ्ने आमा बन्न पुगेकाे बताइन् । छाेरा नहुँदा महिलाले भाेग्नु पर्ने पिडालाई निलेर छाेरीलाई पनि छाेरा सरह स्वतन्त्र हुन दिनुपर्छ भन्ने आमाकाे आदर्शकाे बाटाेमा आफु रहेकाे पनि उनले बताइन् । के.सी.ले आफ्नै प्रकाशित मुक्तकसङ्ग्रह ‘माकुरी’ कृतिभित्रबाट ‘मुक्तक’ वाचन गरेका थिए । सो कार्यक्रममा केसीले आफु वाल्यकालमा मामाघर हुर्केको पढ्नको लागि धेरै संघर्ष गर्नु परेको बताइन् ।
त्यस्तै कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृतिकार के.सी. र उनका माता माकुरी पाैडेलकाे दिर्घायुकाे कामना गर्दै अबका मुक्तकहरूले र अन्य साहित्यिक विधाहरूले मुलुकमा एमसीसी र एसपीपीकाे नाममा भइरहेकाे राष्ट्रद्राेह प्रति खबरदारी गर्न सबै सर्जकलाई आग्रह समेत गरे ।
लेकालीले मुलुकलाई नेताहरू युक्रेनकाे अवस्थामा ढकेल्न खाेजेकाले सबै सर्रजकहरू अक्षरकाे हतियार लिएर लड्ने बेला भएकाे बताए । लेकालीले उषाकाे दोस्रो मुक्तक सङ्ग्रह नेपाली मुक्तक साहित्यको क्षेत्रमा ससक्त कृति भएकेा बताए। उनले भने, लेखक के.सी. को मुक्तकभित्र समाज,देश, वर्तमान राजनीतिक विकृतिहरू जस्ता विषय प्रति शसक्त प्रहार गरिएको सर्जक प्रधानले बताए । आफ्नै आमाको नाम माकुरी पौडेल ‘माकुरी’ नामक मुक्तकसंग्रहले आमालाई झन अमर बनाइएको छ ।
आमा माकुरी पौडेलको ९० ओैं जन्मदिनको अवशर पारेर आफ्नै आमाको नाम माकुरी पौडेल ‘माकुरी’ नामक मुक्तकसंग्रह कृति विमोचन गरिएको हो । कार्यक्रममा पुस्तकमा याेगदान गर्ने सर्जकहरू राधा कार्की, राजन कार्की, जितेन्द्र रसिक, प्रमाेद प्रधान, गाेविन्दमान कार्की, निशा के.सी. जितेन्द्र रसिक, प्रमुख अतिथि रामकाजी काेने, लगायतलालाई मायाकाे चिनाे वितरण गरिएकाे थियाे ।
साथै साहित्यिक पत्रकार संघले लेखक र लेखककी आमा माकुरी पाैडेलाई सम्मान गरेकाे छ । कार्यक्रममा समाजसेवी धन लाेहरालाई नगद रू १५ हजार सहित लेखककी आमाले नगद पुरस्कार प्रदान गरे ।
मुरारी सिग्देलले सञ्चालन गरेकाे उक्त कार्यक्रममा साहित्यकारहरू राजबाबु श्रेष्ठ सागर, ललिता दाेषी, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल,जानु दाहाल, नम्रता उप्रेती लगायत ५० जना भन्दा बढी सर्जकहरूकाे उपस्थिति रहेकाे थियाे ।