वि.सं.२०८२ मंसिर २० शनिवार

सरिता दान्कुटी नेपाली सांस्कृतिक नृत्य र कलाकारीताको चम्किलो ताराका रुपमा उदाउदै

काठमाडौं । धादिङको एउटा सामान्य गाउँमा जन्मिएकी सरिता दान्कुटीकाे बाल्यकाल गाउँघरकै साधारण परिवेशमा बित्यो। खोलाको किनार, माटोको गन्ध, र चरीको चिरबिर, गाउँकाे उत्सवमय वातावरण– यी सबै उनका बालस्मृतिका अभिन्न अंश हुन्। गाउँमा बहेका ती हावाका झाेक्कालाई संगितकाे धुनसरह लिदै आफ्नाे वात्सल्यकाल बिताएकी उनी जीवनको त्यो सुरुवातबाट आजसम्मको यात्रालाई आफ्नो आत्मा र शरीर दुवै समर्पण गरेर नेपाली सांस्कृतिक नृत्य र कलाकारीतामा रमाउँदै आईरहेकी छिन् ।

यसै त गाउँले जीवन अत्यन्तै सुन्दर र रमणीय हुन्छ । तयसमाथि सानै उमेरदेखि सरिता भित्र नाच्ने हुटहुटी थियो। गाउँको मेलामा बज्ने मादलको तालसँगै उनको सिङ्गो शरीर नाच्थ्यो। स्कुलका कार्यक्रममा उनी सधै अग्रपङ्क्तिमा हुन्थिन् ।

कहिले गितकाे तालमा छमछमी नाच्थिन त कहिले आफै गित, कविता बनेर पाेखिन्थिन । त्यतिबेला उनलाई थाहा थिएन, भविष्यमा यही नृत्य र कला नै उनको परिचय बन्नेछ।

नेपाली सांस्कृतिक नृत्य र मोडलिङ क्षेत्रमा आफूलाई छुट्टै पहिचान बनाउन सफल कलाकार सरिता अहिले देश–विदेशमा चर्चा र सम्मान बटुलिरहेकी छन्। सबैसँग मिलनसार र छिट्टै घुलमिल हुन सक्ने सरिता मृदुभाषी समेत रहेकी छिन् ।

उनको जन्म थलो धादिङ भए तापनि उनको स्थायी ठेगाना नुवाकोट हो। हाल उनी पोखरामा बसोबास गर्दै सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय जीवन बिताइरहेकी छन्।

सामान्य परिवारमा जन्मिएकी सरीताको कलात्मक यात्रा एसईई (SEE) पछि सुरु भएको हो। त्यसपछि उनले नृत्य तालिम लिएर आफूलाई सांस्कृतिक क्षेत्रमा समर्पित गरिन्।

एक मेहनती र प्रतिभाशाली कलाकारका रूपमा उनले आफूलाई छोटो समयमै धेरै दर्शकको मन जित्न सफल समेत बनेकी छिन्।

सांगीतिक तथा चलचित्र यात्रा

सरिताले अहिलेसम्म नेपाली तथा भोजपुरी भाषा गरी ३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।

यस्तै, केही नेपाली चलचित्रहरूमा पनि उनले अभिनय गरिसकेकी छन्। केही चलचित्रहरूमा सानो भूमिका भए तापनि, उनले आफ्नो अभिनय कौशल प्रस्तुत गर्न कहिल्यै पछि हटिनन्। उनले जहाँ हात हाल्याे त्यही सफलता हात पार्दै गरेकी छिन् ।

कडी फिल्मबाट ठूलाे पर्दाका चलचित्र क्षेत्रमा पाइला चालेकी सरिता अहिले विभिन्न भूमिकामा अभिनय गर्दै आईरहेकी छिन्।

गीत, चलचित्र, नृत्य, र स्टेज प्रस्तुतीहरूमार्फत उनले नेपाली सांस्कृतिक झल्को विश्वभर पुर्‍याउने काम गरिरहेकी छन्।

अष्ट्रेलिया यात्रा : नेपाली सांस्कृतिक नृत्यको विश्वसामु परिचय


२०२५ को एमएम तीज टुर अष्ट्रेलिया (MM TEEJ TOUR AUSTRALIA 2025) मा सहभागी हुँदै सरिता, नेपाली सांस्कृतिक नृत्य र कला अष्ट्रेलियाको विभिन्न स्टेजमा प्रस्तुत गर्ने तयारीमा छिन्।

नेपाली चाडपर्वहरूलाई प्रवासमा समेत भव्य बनाउने प्रयासस्वरूप आयोजना गरिएको यो सांगीतिक यात्रामा, सरिता जस्ता ख्यातिप्राप्त कलाकारको उपस्थिति विशेष आकर्षण हुने बताईएकाे छ।

उनले सांगीतिक यात्रा, नृत्य प्रतिभा, र रंगमञ्चीय अनुभवले नेपाली सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसारमा योगदान पुर्‍याइरहेकी छिन्।

अष्ट्रेलिया बसेका नेपाली समुदाय मात्र नभई विदेशी दर्शकहरू पनि उनको प्रस्तुति हेर्ने उत्सुकता देखाएका छन्।

शिक्षा र योगदान

 

सरिताले स्नातक (Bachelor) तहको अध्ययन पुरा गरिसकेकी छिन्।

अध्ययनसँगै उनले कलाको साधना निरन्तर रूपमा जारी राखेकी छिन्।

कला र संस्कृति केवल मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचानको गर्विलो प्रतीक हो भन्ने सन्देश उनका हरेक खालका नृत्य र प्रस्तुतीले दिने गर्छ।

उनी जस्तै कलाकारहरू नेपाली कला, संस्कृति, र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न प्रेरणादायी पात्रका रुपमा चित्रित हुँदैछिन्।

कलाकारितालाई आफ्नाे भविष्यसँग जाेड्दै देशकाे पहिचानलाई शिरमा राखेर अहाेरात्र खटिने सरितालाई आगामी यात्राकाे सफलताकाे शुभकामनासँगै शुभेच्छा पनि !

Sarita Dankuti
MM Entertainment & Events
#teej #NepaliFestivals #dancers #culturaldance #mmteejtouraustralia2025