वि.सं.२०८१ असार २९ शनिवार

बलात्कारको आरोपमा कांग्रेसका नेता पाण्डे पक्राउ

सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् ।

पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् ।

पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता हुन् । उनी गत असार २५ गते मनमैजुस्थित आफू सञ्चालक रहेको क्लब लोटसबाट पक्राउ परेको बुझिएको छ ।