वि.सं.२०८२ माघ २९ बुधवार

नेकपा एसका सांसद चौधरीविरुद्व ५ करोड ४० लाखकाे मुद्धा

एकजना संघीय सांसदविरुद्ध बैकिङ कसुरमा मुद्धा परेको छ ।

दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मेटमणि चौधरीविरुद्ध चेक अनादरमा मुद्धा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले हुलाकमार्फतबाट सांसद चौधरीविरुद्ध चेन अनादरमा जाहेरी आएको बताए ।

जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्धा दर्ताको प्रक्रियामा रहेको उनले बताए ।

सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादर मुद्धा परेको हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का नेता हुन् ।

उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा दाङ १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, राजेन्द्र कुँवर फरार, ३५ जनालाई ठगे