वि.सं.२०८२ मंसिर १ सोमवार

राजनीति र सहमतिकाे बाटो : रोहित लामाको यस्तो छ कथा

काठमाडौं । काभ्रे– नेपालको राजनीति इतिहासमा नेपाली कांग्रेस एक स्थापित, संघर्षशील र लोकतान्त्रिक मूल्यमा आधारित पार्टीका रूपमा चिनिन्छ।

यिनै मूल्य, सिद्धान्त र परम्पराको बाटो पछ्याउँदै मेरो परिवार पनि पुस्तौँदेखि नेपाली कांग्रेससँग जोडिएको छ।

हजुरबुबा, बुबा, अनि आज म, रोहित लामा। सबैको राजनीति एउटै विश्वासमा अडिएको छ । लोकतन्त्रको रक्षा र पार्टीको निष्ठापूर्ण सेवा परम्परा र राजनीति प्रतिको आत्मीयताले गर्दा मैले कांग्रेसभित्र कसैको इशारा, व्यक्तिगत स्वार्थ वा घर–परिवारका दबाबभन्दा बढी पार्टीको दीर्घकालीन हितलाई प्राथमिकता दिदै अगाडि बढ्न थालेँ।

अहिले पनि म काभ्रेबाट शेरबहादुर देउवा प्रति आस्था राख्दै, उनको नेतृत्वलाई सही दिशाबाट अगाडि बढ्दैछु।

तर चुनौती यति मात्र होइन, यी निर्णयहरू कहिलेकाहीँ आफ्नै घर–परिवारका सदस्यहरूको असहमति र विरोध संगै आत्मसमान गुमेको स्थितिसम्म पुग्छ। तर राजनीती मा जित्नु भनेको आवाज उठाउने मात्र होइन, बुझ्ने, सुन्ने र मिल्ने कला पनि हो।

पुस्तौंदेखि कांग्रेस, तर आज नयाँ पीढीको चुनौती मेरा बुबाले कहिल्यै पार्टी छोडेर कुनै व्यक्तिगत स्वार्थद्वारा निर्देशित राजनीति गरेका छैनन्।

उहाँले भन्थे, “कांग्रेसको राजनीती भावनाले होइन, सिद्धान्तले चल्छ।” यही शिक्षाले म पनि पार्टीप्रति निष्ठावान भएर काम गर्दै आएको छु।

तर बदलिँदो परिस्थितिमा, नयाँ पुस्ताले देख्ने दृष्टिकोण, बुझाइ र अपेक्षा फरक हुन्छ।

घरका कतिपय सदस्यले सोच्छन्, “किन देउवा पक्ष ? किन आफूले चाहेकोधारी चल्न नपाउने?” राजनिती मा प्रश्न हुनु स्वाभाविक हो, तर उत्तर सधैँ भावनाले होइन, यथार्थले दिनुपर्छ।

देउवा नेतृत्वप्रती सहानुभूति किन ?
कांग्रेसमा नेतृत्वका विभिन्न धारहरू छन्।

आलोचना पनि छन्, समर्थन पनि। तर काभ्रेमा, गाउँघरमा, जनताको मनले बुझ्दा, शेरबहादुर देउवा जस्तो व्यक्ति स्थिर, सहनशील र अनुभव सम्पन्न नेताको रूपमा देखिन्छन्।

उनको राजनीती संघर्षबाट सुरुवात भएको थियो । जेल, यातना, प्रतिबन्ध, आन्दोलन । यही कारणले म जस्ता युवा कार्यकर्ताहरूलाई उहाँप्रती विश्वास गर्न मन लाग्छ।

म विश्वास गर्छु, दलभित्र मतभेद भए पनि अन्तिम लक्ष्य एउटै हो। पार्टी मजबुत बनाउने।

 

‘घरकै मान्छेले विरोध गरे पनि काम रोकिँदैन’

“किन हामी देउवा पक्ष ? “किन हामीले सोचेजस्तो राजनीती गरेनौ?”भनेर असहमति जनाए। तर मैले मन भित्रैबाट महसुस गरेको कुरा के हो भने।

म राजनीतिमा पनि र परिवारमा पनि दुवैलाई जोडेर लैजान चाहन्छु, तर पार्टीको मूल सिद्धान्त छोडेर होइन।

यही भएर म पार्टीका सबैलाई भन्छु।
“हामीबीच मतभेद हुन सक्छ, तर लक्ष्य एउटै बनाउन सकिन्छ।

यदि बसेर, कुरा गरेर, सहमतिमा आउन सकियो भने।”

सहमती नै अगाडि बढ्ने मार्ग

आजको राजनीती चरम विभाजनतर्फ जाँदैछ। समूह–उपसमूह, गुट–उपगुट। तर यो बाटोले कांग्रेस बलियो हुँदैन।
म चाहन्छु, पार्टी भित्रको मतभेद संवादले समाधान होस्। पार्टीभित्रको मतभेद सहमतिको मोडेल बनेर जग बसोस्। युवा पुस्ताले दिगो राजनीति सिकून
अनुभवी नेताले दिएको दिशानिर्देशनकै आधारमा अगाडि बढियोस्।

यदि हामीले एकअर्कालाई बुझेर हेर्यौं भने, विरोध समाधानमा बदलिन्छ। र समाधान शक्ति हुन्छ।

‘एक्लै भए पनि, मनले कांग्रेस छोड्दैन’

कहिलेकाहीँ राजनीतिको यात्रामा एक्लै हिँड्नुपर्छ। समर्थन गर्नेहरू कम भेटिन सक्छन्। तर सिद्धान्त दृढ छ भने मन भित्र खोलाको बग्दो पानीजस्तै आत्मविश्वास जागिरहन्छ।

मलाई नेतृत्व कसले पायो भन्नेभन्दा पनि, नेतृत्व सही हातमा जाओस् भन्ने चिन्ता हुन्छ।

यसमा देउवा सही विकल्प हुन् भनेर विश्वास गर्ने कारणहरू मेरा आफ्नै मूल्य–मान्यता र अनुभवमा आधारित छन्।

सहमतीले जितिन्छ, विभाजनले होइन

मेरो राजनीती कसैको व्यक्तिगत मोह, न त घरको दबाबका कारण चलेको हो।

यो त पुस्तौंदेखि बग्दै आएको कांग्रेसको निष्ठा हो। म विश्वास गर्छु, “हामी मिलेर मात्रै कांग्रेस मजबुत हुन्छ, र कांग्रेस मजबुत भए मात्र देश बलियो हुन्छ।” त्यसैले आज म मेरो परिवारलाई पनि म यही भन्छु, “विरोध होइन, सहमतिमा आउँदा राजनीति सफल हुन्छ।

मिलेर अघि बढ्न तयार छु, सधैं सिद्धान्त र पार्टी निष्ठाको बाटोमा।”