काठमाडौं । माेरङ इलाका प्रहरी कार्यालय, लेटाङले पीडितमैत्री तथा पहुँचयोग्य सेवा विस्तार गर्ने उद्देश्यका साथ ठाडो उजुरी तथा निवेदनका लागि निःशुल्क फारम सेवा सुरु गरेको छ।
इलाका प्रहरी कार्यालय, लेटाङ तथा मातहतका सम्पूर्ण युनिटहरूमा मिति २०८२।०९।०१ गतेदेखि उक्त सेवा औपचारिक रूपमा लागू गरिएको कार्यालयले एक सुचना मार्फत जानकारी दिएको छ।
कार्यालयले आफ्नै पहलमा तयार पारेको सरल र स्पष्ट फारममार्फत उजुरी तथा निवेदन दर्ता प्रक्रिया सहज बनाइएको हो।
यस सेवाबाट विशेष गरी आर्थिक अभाव, लेखपढी गर्न नसक्ने अवस्था वा प्रक्रियागत जटिलताका कारण उजुरी दिन असमर्थ रहेका वर्ग तथा समुदायहरू लाभान्वित हुने विश्वास लिइएको छ।
इन्स्पेक्टर सागर शाहका अनुसार निःशुल्क फारम उपलब्ध गराइनुका साथै आवश्यक परेमा फारम भर्न सहजिकरणसमेत बताए।
जसले पीडितले बिना झन्झट आफ्ना गुनासा र निवेदन राख्न सक्ने वातावरण सिर्जना गर्नेछ। यस कदमले प्रहरी–नागरिक सम्बन्ध सुदृढ हुनुका साथै न्यायमा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
२ महिनापछि प्रहरीको सफलता : १३ वर्षीया अंशुको हत्यामा संलग्न अभियुक्त पक्राउ
यस अघि मोरङको लेटाङ-२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरण दुई महिनापछि प्रहरी निष्कर्षमा पुग्दै अभियुक्त ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ समेत गरेको शाहले जानकारी दिए।






























