काठमाडौं पूर्वोत्तर क्षेत्रको अग्रणी तथा नेपालमै चामत्कारिक शैक्षिक अभ्यास गरिरहेको लिम्पिया नेशनल स्कुल तथा प्लस’टु कलेजले होटल म्यानेजमेन्टतर्फ रोजगारसहितको शिक्षण सिकाई सुरु गरेको छ । जसका लागि लिम्पियाले बौद्धमा रहेको थ्रीस्टार होटल मोदितासँग एमओयु गरेको छ ।
शनिबार कक्षा ११ का विद्यार्थीलाई स्वागत र १२ कक्षा उत्तिर्ण गरिसकेका विद्यार्थीलाई विदाई तथा शैक्षिक, सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजिक एक समारोहबीच लिम्यियाले मोदितासँग पेयड इन्दर्नसिपको सम्झौता गरेको हो । अब लिम्पियामा होटल म्यानेजमेन्ट पढ्नेहरुले होटल मोदितामा रोजगारसहितको इन्टर्नसिप गर्न पाउने भएका छन् ।
यसअघि लिम्पियाले ब्लु माउन्टेन एकेडेमी मलेसियासँग यस्तै प्रकारको एमओयु गरेसकेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले लिम्पियाले होटल म्यानेजमेन्टमा उत्कृष्टता हासिल गरिसकेकाले अब यो कुनै एक भेग वा क्षेत्रको गौरव नभएको बताए । स्वागत, विदाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘गोकर्णेश्वरमा रहेर लिम्पियाले शैक्षिक क्षेत्रलाई उर्वर बनाउने काम गरिरहेको छ । पठन पाठन, खेल मनोरन्जनलगायत अन्य अतिरिक्त क्रियाकलाप भनौँ वा व्यवसायिक सिप विस्तारमा लिम्पियाले आफुलाई काठमाडांै मात्र नभई मुलुकभरमै अब्बल बनाइसकेको छ । म यसै नगरको निर्वाचित जनसरकार प्रमुख भएका कारण थप सफलताको कामना गर्दछुँ ।’
लिम्पियाका प्रिन्सिपल मदनराज रेग्मीले आफुहरु सैद्धान्तिक भन्दा पनि व्यवहारिक एवं व्यसायिक शिक्षाको पक्षधर रहेको बताए । उनले भने, ‘हामीले सिप नसिकाउने हो भने बेरोजगारी समस्या झन् बढेर जान्छ । र, मुलुकको आर्थिक उन्नती गर्न पनि सकिन्न । त्यस कारण हामीले अन्तर्राष्ट्रियस्तरको अभ्यासलाई समेत मध्यनजर गर्दै प्रगतिशील पाठ्यक्रम तथा अत्याधुनिक सिप विकासमा बढी जोड दिइरहेका छौँ । हामी धेरै बोल्ने भन्दा पनि व्यवहारिक एवं प्रमाणित तथ्यहरुमा विश्वास राख्छौँ ।’ आगामी दिनमा लिम्पियाले अन्तर्राष्ट्रिय विश्वविद्यालयले अभ्यास गरिरहेका कोर्षहरु क्रमशः भित्र्याउँदै जाने बताए ।
कक्षा १२ मा १३४ जनाले परीक्षा दिएकामा शतप्रतिशत नजिता ल्याउन सफल भएको लिम्पियाले विभिन्न विधामा उत्कृष्ठ ठहरिने विधार्थीहरुलाई अवार्ड गरेको छ भने शिक्षा र समाजसेवाका क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान गरेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका सन्दर्भमा उल्लेख्य योगदान गरेको भन्दै लिम्पियाले झापा गौरादहका तेजप्रसाद तिमिल्सिनालाई अभिनन्दन गर्यो । यस्तै, गीत संगीत तथा शैक्षिक अभियानका सन्दर्भमा महत्वपूर्ण योगदान गरेका भुवन प्रकास बडु र नेपालको शैक्षिक क्षेत्रको नीति निर्माण तहमा बसेर दूरदराजमा शिक्षाको उज्यालो फैलाउन योगदान गर्ने धनसिं धामीलाई पनि लिम्मियाले सम्मान गरेको छ ।
नेपाली सांगीतिक बजारमा आफुलाई चिनाइसकेका हिमाल सागर, भुवन प्रकास बडु, एलिना चौहान, जिबेस गुरुङ र धर्मेन्द्र सुनार लगायतले संगीतमय बनाएको कार्यक्रममा लिम्पियाका विद्यार्थीहरुले विभिन्न समुदायका लोकसांस्कृतिक झाँकीहरु प्रस्तुत गरे । कार्यक्रममा विभिन्न शैक्षिक संस्था, स्कुल, कलेज तथा हस्पिटालिटी एवं मानवअधिकारको क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तिहरु उल्लेख्य रुपमा सहभागि भए ।