दुनियाँले गरेको विश्वासमा पत्यार लागेन भन्ने आँट हामी अधिकांशमा छैन ।
आज म हेर्न पुगेका बेला कली (बिरुपाक्ष) को मुर्ती ह्वात्तै निस्किदै गरेको महसुस गरे ।
यो मुर्ती पुरै निस्किएको दिन युग सकिने विश्वास विश्वभर छ । आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भन्दा तल्लोपट्टि बिरुपाक्ष अर्थात् कलीको मुर्ती छ । ब्रह्मनाल नजिकै रहेको ‘कलि’ र १२ सय दिव्य वर्षको एक कलियुगसँग सम्बन्ध छ । शास्त्रहरुका अनुसार कलियुगको शुरुवात महाभारत युद्ध सकिएको केही वर्ष पछि ३१३७ ईसा पूर्वमा भएको थियो ।
महाभारत युद्ध भएको को ३५ वर्षपछि भगवान कृष्णको देहान्त भएको थियो, त्यसपछि कलियुगको आरम्भ भएको विश्वास गरिन्छ । कलियुगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख छ ।
बिरुपाक्ष अर्थात कलीका बुबा एकदिन अचानक हराए । जिद्धी बालक बिरुपाक्षले भने बाँचेका भए साथै लिएर आउँछु म`रेका भए दाहसंस्कार गरेर फर्कने भन्दै आमालाई रुवाउँदै पिताको खोजीमा कली निस्के ।
यसरी पिता खोज्न निस्कदा बिरुपाक्षको उमेर सात वर्षको मात्र थियो । धेरै वर्ष बितिसक्दा पनि बिरुपाक्षले आफ्नो पिताको बारेमा केही थाहा पाएनन् । उनी सोच्छन् मरेकै भए पनि पिताको दा`हसंस्कार गर्नैपर्छ र आमालाई पनि यही वचन दिएको छु । यसरी खोज्दै जाने क्रममा बालक बिरुपाक्ष ज`वान भइसक्छन् । उनी १७ वर्षको जवान भईसक्दा पनि पिताको बारेमा केही पत्तो लगाउन सक्दैनन् । एक रात घर खोज्दै जंगलको बाटो हिडिरहँदा कलि एउटा ओडारमा बास बस्न पुग्छन् । त्यो ओडारमा एक जना अधवैँशे महिला पनि हुन्छिन् । रात छिपिप्दै जाँदा उनीहरुबीच यौ`न सम्पर्क हुन्छ ।
उनकी आमा पनि लामो समयसम्म छोरा र श्रीमान नआएपछि उनीहरुको खोजीमा निस्केकी हुन्छिन् । संयोगवश त्यो रात उनीहरुको ओडारमा भेट हुन्छ । अध्यारोमा एक अर्काबीच चिनजान नभएपछि यौ`वनले उन्मात बिरुपाक्ष र यौ`वन नओइलाएकी अधवैँशे आमाबीच स`म्भोग हुन पुग्छ ।
अध्यारोमा एकले अर्कोलाई चिन्दैनन् । एउटै ओडारमा फरक फरक प्रयोजनका लागि एक रातको बास बसेका हुन्छन् । भोलिपल्ट छुट्टिने बेला भयो, कोसँग रात बिताएको रहेछु भनेर बुझ्न खोज्दा उनले आफ्नै आमासँग यौ`न सम्पर्क गरेको थाहा पाए । यो थाहा पाएपछि विरुपाक्ष आफूले आफैलाई धिकार्छन् ।
आफूलाई सम्झाउन नसकेपछि आफ्नो गल्ती प्रायश्चित गर्नकै लागि कली पशुपतिनाथसँग उपाय माग्न पशुपति आइपुग्छन् । उनले पशुपतिनाथसँग पा`पबाट मुक्त गराइदिन अनुरोध गर्दछन् ।
तर भाङ खाएर ल`ठ्ठिएका शिव तथा पशुपतिनाथले उनलाई १२ धार्नी तामा तताएर पिएपछि सबै पा`प नाश हुने बताउँछन् । यसरी, बिरुपाक्ष आफ्नो पा`पबाट मुक्त हुने विश्वासका साथ १२ धार्नी तामा तताउन थाल्छन् । ठोस तामा तताएर पिउन तयार हुँदै गर्दा तामा तात्यो कि तातेन भनेर भाँडाको ढकन खोलेर हेर्न खोज्दा तातो तामाको रा`पले बिरुपाक्षको अनुहार सबै ड`ड्छ ।
भनिन्छ, यसरी अनुहार ड`ढेकै कारण उनको नाम कुरुप अर्थात बिरुपाक्ष रहन गएको हो । कलीले आफूले गरेको अन्जान गल्तीको बदलामा आफूलाई मार्न खोजेको भन्दै पशुपतिनाथलाई गाली गर्न थाल्छन् ।
शिवको मुर्तीमा लात हान्दै गाली गर्दै नदी किनारमा बस्छन् । एक दिन कलीले शिवजीको निन्दा गर्दै हिड्दा भगवान बुद्धलाई देख्छन् र आफूले गरेको ग`ल्तीको प्रायश्चित गर्दै पापबाट मुक्त हुने उपाय बताउनका लागि बिन्ती गर्दछन् ।
बुद्धले आफूले लगाएको बोधीचित्तको माला फुकालेर दिँदै उनलाई यो माला तबसम्म गन्नु जबसम्म खुइलिदैन भन्ने सल्लाह दिए ।
उनी माला लिएर अहिलेको कलीको मूर्ती भएको ठाउँमा बसेर माला गन्न थाल्छन् । महिना दिनसम्म बितिसक्दा पनि माला नखुइलिएको देखेर उनलाई बुद्धसँग पनि रिस उठ्छ र माला फालिदिन्छन् । त्यसैबखत उनले त्यहाँ एउटा फाटेको कपडा लगाएको बालकले ढुङ्गामा फलाम घोटिरहेको देख्छन् ।
उनलाई त्यो दृश्य अचम्म लाग्छ र बालकलाई सोध्छन् ‘किन यसरी फलाम घोटिरहेका छौ ।’ मेरो कपडा च्यातिएको छ, म फलामको पाता घोटेर सियो बनाउँछु र कपडा सिलाउँछु । ‘त्यो बालक बुद्धको अर्को रुप थियो, बालकको कुराले उनको मन पनि प्रसन्न भएछ र पुनः माला टिपेर जप्न थालेछन्, कलिको मूर्तीको अगाडि घाटको दाहिने पट्टी अहिले पनि बुद्धको छापको पाइला देख्न सकिन्छ।
उनले महादेवको निन्दा गरेको र लामो समयसम्म पशुपति परिसरमा बसेकै कारण माला गन्दै गरेका बिरुपाक्षलाई पशुपतिनाथका भक्तहरुले जमिनमुनि गाडिदिएका थिए भन्ने किम्वदंती छ । यसरी बिरुपाक्षले आमासँग सम्भोग गरेपछि कलियुगको सुरुवात भएको हो भनिन्छ । त्यसपछि बिरुपाक्षलाई कलिको नामले चिनिन थालिएको हो । गाडिएको कलिको मूर्ती ब्रह्माको समय अनुसार जब पृथ्वीबाट बाहिर निस्कन्छ तब बिरुपाक्षले पशुतिनाथमा बसेर आफ्नो गल्तीको प्रयाश्चित गर्दा गर्दै मान्छेहरुले आफूलाई जमिनमुनी गाढेको रिसका कारण पृथ्वीबासीसँग उनले बदला लिनेछन्, त्यसैबेला शिवजी आएर उनको अन्त्य गर्नेछन्, र, कलीयुगको समाप्त भई पुनः सत्य युगको शुरुवात हुनेछ भन्ने धर्म ग्रन्थमा उल्लेख छ ।
र यसमा अधिकांश धर्ममापनि विश्वास छ । आज मसँगै पशुपति दर्शनका लागि आएका एक दर्शनार्थीले भने– “ म १२ वर्षको हुँदा आाफ्नो बुबासँग कलीको दर्शन गर्न आएको थिएँ, त्यो बेला कलीको कुमसँगको भागमात्र निस्किएको थियो, तर अहिले म ५१ बर्षका भएँ कलीको मूर्ती कम्मरसम्म निस्किएको छ । यो हेर्दा कलीयुतको अ`न्त्य चाँडै छ कि भन्ने मलाई समेत विश्वास छ । तपाईंलाई कस्तो विश्वास छ भन्नुहोला ?






























