वि.सं.२०८२ पुस २८ सोमवार

नयाँ बर्ष

 

त्यो बितेको बर्षले मेरो दुर्गती भयो
तिम्रो नजरमा एउटा अर्धंगी मर्यो
म मरेको छैन्, यहाँ फेरी हिड्ने प्रयास गर्छु ।
तिम्रो निमती दुनियाँमा एक्लै बसिदिन्छु !!

जीवन काडा नै काडाकाे बाटोमा चल्छ
उमेर र वैश छिंनिकलाई मात्र त हुन्छ ।
तिम्रो वृक्षमा नयाँ पालुवा पलावस् सधै
यो अंग्रेजी नयाँ वर्षले तिम्रो कल्याण गरोस् ॥

जहाँसम्म सहज भयो हामी विचको यात्रा
बाचुन्जेल राम्रो होस् तिम्रो हृदयको नयाँ पात्र !
जे हुनु थियो भयो यहाँ सबै गतल म नै भईदिन्छु ।
तिम्रो जीवन फलोस फुलोस यो नयाँ वर्ष ॥

सोच्न सम्म सोचे नि मैले पनी धेरै कुराहरू अहिले
तिम्रो विलासीताको जीन्दगीको यात्राहरूमा मैले
आजवाट निकाली दिए तिम्रो सजावटहरू मैले
त्यसैले त यो नयाँ वर्ष तिम्रो लागी खास् हुने गरिदिए ॥

सधै सुख होस् तिमीलाई यो नयाँ बर्षवाट
रोग भेद भए सबै हट्नु अंग्रेजी नयाँ बर्षवाट
जानेलाई विदाई आउनेलाई स्वागत गर्दै छु ।
अंग्रेजी नयाँ बर्षमा आफैलाई खास् मान्दैछु ॥

सदा सादगी जीवनसैली होवस् मेरो सधै
यतिका दिन बितिसके तिमीलाई नै सुनाई
सुख होस् तिमीलाई भए होस् ।
अंग्रेजी नयाँ बर्ष २०२६ ले विदाई दिउन् मलाई ॥

हो यो क्यालेन्डर त फेरीएको कुनै तिथी होईन्
तिम्रो दुख मलाई दिए यसमा केही गलत छैन्
सुख होस् जीवनमा दुख हटी जाओस् तिम्रो
आउदै गरेको अंग्रेजी बर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना ॥