वि.सं.२०८२ पुस २८ सोमवार

तिमी आउॅंन्छौ त !

 

हेर ! मलाई मेरो आदत लागेको बर्षौ भयो
आफ्नै मिठो मात लागेको बर्षौ भयो
खै कतिबेला कसरी तिमी सॅंग ठोकिन पुगे
उप्फ त्यसपछि प्रेम आजात लागेको बर्षौ भयो ।

मॅंसंग ठिकै राम्रो एउटा जिवन छ
तिमी आए निकै राम्रो, जिवन बन्थ्यो जिवन्त
कर नगरी भर नपरी मात्रै पर्खि बस भन्छ मन त !

ए प्रिय्
म तिमी हिड्ने बाटैमा छु हैं ॥

हुनत होलान् !
तिमीलाई पर्खिनेहरु होलान्
तिमी बिना तड्पिनेहरु होलान्
तिमीलाई सपना देखाउॅंनेहरु होलान्
तिमीले सपना देख्नेहरु पनि होलान्
फेरीपनि ! सक्छौ भने तिमी मेरो बन्ने गरी आउॅं हैं
तिमी तिम्रो भएर,मलाई मात्रै तिमी चाहिएको हो ।॥

व्यवहारको कच्चा हेर्दामा बच्चा
के नपुगेको के नमिलेको जस्ती छु
थोरै फिल्मी थौरै मुडि म मान्छे फेरी जबर्जस्ती छु !

तिमी अलमलमा नपरी तिम्रो दिलको सवारी गरी आउॅं
मलाई थाहा छ !
तिम्रो दिलमा बस्ने अधिकार मेरो हो
मेरो दिलको राजा तिमी हो र तिम्रो सपना म हो ॥

ओए !
नसम्झिनु यो मात्रै एक प्रेम पत्र हो
तिमी मॅंसंग आउॅंनु जसको अर्थ हो
हुन् सक्छ मलाई भए जस्तो तिमीलाई केहि नभएको
थियो आखा ठोकिएको मन कतै हलचल भएको
तिमी नफर्कि जानु मैले फर्किफर्कि हेर्नु
के थाहा थियो कि मलाई मात्रै प्रेम भएको ।॥

Hey ! you I miss you…..😊