काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने
भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको औपचारिक तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। तालिकाअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य गणित, चैत २३ गते विज्ञान तथा प्रविधि र चैत २४ गते सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन गरिनेछ। त्यस्तै, चैत २५ गते ऐच्छिक प्रथम खण्डअन्तर्गतका सबै विषय र चैत २६ गते ऐच्छिक द्वितीय खण्डअन्तर्गतका सबै विषयको परीक्षा हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते प्राविधिक धारतर्फका बाँकी विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।