वि.सं.२०८१ असोज २६ शनिवार

कानून मन्त्री कै दुई श्रीमती, ५ वर्षसम्म कैद र ५० हजार जरिवाना हुने..!

बहुविवाहबारे कानुनमा के छ ?

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा कै दुई श्रीमती रहेका छन् ।

देशको कानूनले बर्जित गरेको बहुबिवाह गरेका व्यक्ति नै कानून मन्त्री रहेको खुलेको हो । उक्त कानून मन्त्री नेपाली कांग्रेसका प्रदेश सांसद हुन्।

उनी पोखराका धनाड्यको रुपमा परिचित छन् । उनी मन्त्री बन्नुमा पनि ठूलै रकमको चलखेल भएको जानकारहरु बताउँछन् ।

कानून कै धज्जी उडाएर बहुविवाह गरेका व्यक्ति कानून मन्त्री भएको देख्दा पोखरावासी चकित परेका छन् ।

दुई श्रीमती नै एकै घरमा सँगै बस्ने गरेको स्थानीयहरु बताँउछन् ।

मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको अधिकारीहरूले बताएका छन्।

बहुविवाह अन्त्य गर्नका लागि बनेका यी कानुनका केही प्रावधानले भने घुमाउरो तरिकाले यस्तो सामाजिक कुरीतिलाई पूरै अन्त्य गर्न नसकेको कानुन व्यवसायीले प्रतिक्रिया दिएका छन्।

यस्तै बहुविवाहको चलन रहेका विभिन्न धर्म, जात र समुदायको प्रचलनमा असर पर्न सक्ने आवाज पनि उठेका छन्।

विगतमा एउटै रहेको मुलुकी ऐनलाई समय सापेक्ष बनाउने उद्देश्यले देवानी र फौजदारी संहिता ऐनमा विभाजित गरिएको छ।

नयाँ कानुनले बहुविवाह अपराध गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय तोक्न सकिने प्रावधान राखेको छ।

हालको कानुनले पनि बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि अयोग्य हुने स्पष्ट पारेको छ।

बहुविवाहका सम्बन्धमा संहिताले गरेको कानुनी व्यवस्था अग्रगामी छन्।

अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, विवाहित पुरुष हो भन्ने जानीजानी महिलाले पनि त्यस्तो पुरुषसँग विवाह गर्न नहुने, यसरी विवाह गर्ने पुरुष वा महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था गरेको छ।

तर, पति वा पत्नीले अंशबन्डा गरी भिन्न भएमा त्यस्तो पति वा पत्नीले पुनः विवाह गर्न पाउने छुट दिएको छ।