वि.सं.२०८१ असार १ शनिवार

दुई जना विमानस्थलबाट पक्राउ

सुन मिश्रित कपडासहित दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरज कुन्नपिल्ली मोइदिन र पैसल कोत्तकुदिल अबु रहेका छन् ।

५ थान फूलबुट्टे कपडाहरू गलाएपछि ७४.७५० ग्राम सुन फेला परेको छ भने अबुबाट ७३.८९० ग्राम सुन फेला परेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।