वि.सं.२०८१ भदौ २८ शुक्रवार

पुरुषका लागि बनेको थियो प्याड, महिलाले महिनावारीका बेला प्रयोग गर्न सुरु गरे

यी देशमा निःशुल्क प्याड दिने तयारीमा, थुप्रै स्थानमा कम गरियो कर

महिनावारीका समयमा महिलाले स्यानेटरी प्याडबारे धेरैथोरै सबैलाई जानकारी नै छ । केही वर्ष पहिलेसम्म मानिसले नाम लिन पनि लाज महसुस गरिने प्याडबारे आजसम्म पनि मानिसहरू उति सारो खुल्दैनन् ।

तपाईँ यो कुरा थाहा पाउँदा अचम्म पर्नुहोला अहिले महिलाले प्रयोग गर्ने प्याड खासमा पुरुषका लागि बनाइएको थियो ।

डिस्पोजेबल प्याड प्रथम विश्वयुद्धमा घाइते सैनिकको रगत रोक्नका लागि फ्रान्समा कार्यरत नर्सहरूले बनाएका थिए ।

फ्रान्समा जब सैनिकका लागि प्याड बनाइएको थियो, त्यति बेलै त्यहाँ कार्यरत नर्सहरूले आफूहरूले पनि महिनावारीका बेला उक्त प्याड प्रयोग गर्न थाले । सैनिकको घाउको रगत सोस्नका लागि बनाइएको स्यानिटरी प्याड एकाएक महिलाको महिनावारीमा प्रयोग हुने साधनको रुपमा लोकप्रिय बन्यो ।

जोनसन एन्ड जोनसनले पहिलो पटक सन् १८९६ मा ‘लिस्टर्स टवेल्स’ का नामले डिस्पोजेबल न्याप्किनको सुरुआत गरेको थियो ।

तर सुरुवाती उक्त कटेक्स प्याड निकै महंगो थियो र आम महिलाहरूले त्यो किन्ने हैसियत राख्दैनथे । बिस्तारै त्यसको मूल्य घटाइयो र विभिन्न कम्पनीहरूले प्याडको उत्पादन गर्न सुरु गरे ।

समयसँगै स्यानेटरी प्याडमा पनि कैयौँ परिवर्तन भए र भइरहेका छन् । अहिले बजारमा धेरै प्रकारका धेरै कम्पनीका प्याड उपलब्ध छन् ।

स्कटल्याण्डमा महिलालाई महिनावारीसँग सम्बन्धित सबै उत्पादन निःशुल्क दिइनेछ । सन् २०२० मा स्कटिस संसदले यसबारे कानुन बनाएको थियो । यहाँ अब जोसुकै महिलाले निकै सजिलै स्यानिटरी प्याड र महिनावारीका अन्य उत्पादन हासिल गर्न सक्छन् ।

स्क्टल्याण्ड महिलालाई यो सुविधा उपलब्ध गराउने विश्वको पहिलो देश बनेको छ । अर्कोतर्फ नेपाललगायत विश्वका विभिन्न हिस्सामा महिनावारीलाई अहिले पनि ट्याबु मानिन्छ ।

युवतीको ठूलो समस्या हो ‘पिरियड्स पोभर्टी’

आफ्नो देशमा कानुन बनेपछि स्कटल्याण्डका नेताले आफ्नो देशमा ‘पिरियड्स पोभर्टी’ समाप्त भएको घोषणा गरेका छन् । स्मरण रहोस्, पिरियड्स पोभर्टी त्यो स्थितिलाई भनिन्छ जहाँ कुनै युवती–महिलाले आर्थिक समस्याका कारण स्यानिटरी प्याड खरिद गर्न सक्दैनन् । एक आँकडा अनुसार लकडाउनका बेला युरोपका एक तिहाई महिलाले पिरियड्स पोभर्टीको सामना गरे । जर्ज म्यासन युनिभर्सिटीको एक अनुसन्धान अनुसार कलेज जाने १४ प्रतिशत अमेरिकी युवती–महिला पिरियड पोभर्टीको शिकार थिए ।

स्कटल्याण्डमा यी स्थानमा पाइनेछ स्यानिटरी प्याड

–स्कुल

– कलेज

– सार्वजनिक पुस्तकालय

– स्विमिङ पुल

– जिम

– कम्युनिटी सेन्टर

– सरकारी कार्यालय

– फार्मेसी

महिला मोबाइल एपमार्फत् पनि अन्य सेन्टर खोज्न सक्छन् जहाँ निःशुल्क स्यानिटरी प्याड पाउन सकिन्छ ।

यी देशमा निःशुल्क प्याड दिने तयारीमा, थुप्रै स्थानमा कम गरियो कर

अघिल्लो वर्ष न्युजिल्याण्डले स्कुलका विद्यार्थीका लागि स्यानिटरी उत्पादनलाई निःशुल्क बनाएको थियो । केन्या र दक्षिण कोरियामा पनि महिला विद्यार्थीलाई यस्तो सुविधा प्रदान गरिन्छ । पछिल्ला केही दिनमा अमेरिकाका थुप्रै राज्यले स्यानिटरी उत्पादनमा लगाइएको कर कम गरिएको छ । यसकारण यहाँ यी उत्पादन निकै कम शुल्कमा पाइन्छ ।

आइसल्याण्डमा सबैभन्दा महँगो र भियतनाममा सबैभन्दा सस्तो छ स्यानिटरी प्याड ।

पुरुषका लागि बनेको थियो प्याड, महिलाले महिनावारीका बेला प्रयोग गर्न सुरु गरे

स्यानिटरी प्याड मूल रुपमा महिलाका लागि बनाइएको थिएन । यो बनाउने बेला महिनावारीलाई पनि ध्यानमा राखिएको थिएन । ‘माय पिरियड ब्लग’ को एक रिपोर्ट अनुसार पहिलो विश्वयुद्धका बेला घाइते सिपाहीको रगत रोक्नका लागि फ्रान्सका नर्सले प्याड प्रयोग गरेका थिए । यी प्याडले घाइते सिपाहीको रगत तीब्र रुपमा सोस्ने गर्दथे र यसलाई निकै सजिलै फेर्न पनि सकिन्थ्यो ।

युद्धका बेला यस्ता प्याड बनाउने कम्पनीका महिला कामदारले ती प्याडको प्रयोग आफ्नो महिनावारीका बेला पनि गर्न सुरु गरे । यसरी नै स्यानिटरी प्याडको अवधारणा विकसित भएको हो ।

पहिला पनि प्रयोग हुन्थे स्यानिटरी उत्पादन, सन् १८९६ मा जोनसनले बनायो स्यानिटरी टावल

स्मरण रहोस्, पहिलो विश्वयुद्ध अघि पनि स्यानिटरी उत्पादन बजारमा बिक्थे । सन् १८९६ मा ‘जोनसन एन्ड जोनसन’ कम्पनीले पहिलो पटक स्यानिटरी टावल बजारमा ल्याएको थियो ।

यसलाई ‘लिटर्स टावल’ भन्ने गरिन्थ्यो । यसबाहेक कपडा र रबरले बनेको स्यानिटरी बेल्ट पनि पाइन्थ्यो । तर यी असाध्यै महँगा हुने गर्दथे । केही धनाढ्य महिलाले मात्रै यो प्रयोग गर्न सक्थे ।

त्यतिबेला धेरैजसो महिलाबीच कपडा नै लोकप्रिय थियो । स्यानिटरी प्याड बजारमा आएपछि ठूलो संख्यामा महिलाले कपडाको साटो यो प्रयोग गर्न सुरु गरे । File photo