जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी निरीक्षक दिनेश गुरुङ पक्राउ परेका छन् ।
गुरुङकी पूर्वपत्नीले दर्ता गराएको जाहेरीका आधारमा उनीविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाइएको परिसरले जनाएको छ।
गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालअन्तर्गत १ नम्बर गणमा कार्यरत थिए।
प्रहरीका अनुसार मंगलबार पक्राउ पुर्जी जारी गरी हिरासतमा राखिएको छ।




























