वि.सं.२०८१ कात्तिक १७ शनिवार

पूर्व मिस नेपाल खतिवडाले विज्ञापन गरेको प्याडिलक्स प्याड नक्कली

कमिसन खाने चक्कर

पूर्व मिस नेपाल शृङ्खला खतिवडाले विज्ञापन गरेको प्याडिलक्स प्याड डुप्लीकेट भएको पाइएको छ ।

यो प्याडबाट बजारमा धेरै थरीको गुनासो आउन थालेपछि किनेर प्रयोग गर्दा सबै कपासको भुवा आएको पाइएको हो ।

एउटा पिस प्याड लगभग आधा घण्टा पनि टिकाउन सकिन्न कारण जब रगत आउन थाल्छ रुइ पोको परेर डल्ला/डल्ला बनेर निस्कन्छ ।

त्यसोत प्याडमा राखिनुपर्ने कुनै पनि प्रकारका तत्वहरु नभएर होला चिलाउने, पोल्ने जस्ता समस्या क्षणभरमै देखा पर्दछ ।

महिनावारी हुँदा महिलाका लागि आधारभूत आवश्यकता हो, प्याड । महिनावारी स्वास्थ्यका हिसाबले निकै सेन्सेटिभ कुरा हो ।

महिनावारी सबै महिलालाई अनिवार्य हुने भएकाले पनि प्याड आवश्यकता हो । तर बिना परिक्षण बिना बनाइएका यस्तो प्याडले महिलाको स्वास्थ्मा कति असर पर्ला ?

महिलाहरुको महिनावारीलाई ध्यानमा राखेर नबनाइएको यो प्याडबारे सरोकारवाला पक्ष मौन देखिएको छ ।

कमिसन खाने चक्रमा बनाइएको यो ‘डिस्पोजेबल प्याड’को मुल्य रु ७० लेखिएपनि खुद्रा पसलेले ७५ रुपैया लिएको पाइयो । ओरेज्न कलरको यो प्याड खरिद गर्नेहरुलाई मात्र सोधेपनि थाहा हुन्छ यो कति प्रभावहीन छ भनेर ।

प्याड वितरणको जिम्मा विभिन्न निकायलाई दिएका कारण समाग्रीको उपलब्धता, मूल्यको अनुगमन गर्न सम्बन्धित निकाय जिम्मेवार देखिँदैन ।

सरकारी तहमा कुनै अनुगमन गर्ने तथा यस विषयलाई हेर्न कुनै सरकारी निकाय नभएकै कारण डुप्लीकेट प्याडले बजार पाएको छ।