वि.सं.२०८१ असोज २६ शनिवार

गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा दायर (सूचीसहित)

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षमा ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने उक्त उद्योगविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८/७९ मा देशभरका ४ हजार १२७ वटा उद्योगबाट उत्पादित नमूना परीक्षण गर्दा २२४ वटा नमूना खान नमिल्ने पाइएको जानकारी दिएको छ ।

यीमध्ये ११५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्धा नै दायर गरिएको हो ।

खाद्यान्न एवं दलहन लगायतका वस्तु उत्पादन गर्ने ३० वटा उद्योगका विरुद्ध मुद्धा दायर भएको छ । यस्तै, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका १९ वटा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको विभागको भनाइ छ ।

​यस्तै, दाना उत्पादन गर्ने १८ वटा उद्योगविरुद्ध मुद्दा दायर हुँदा प्रशोधित पिउने पानी उत्पादन गर्ने १४ उद्योगविरुद्ध समेत मुद्दा परेको छ ।

यसैगरी, चिया÷कफी उत्पादन गर्ने ८ वटा उद्योग, फल तथा सागपात सम्बन्धी ७ वटा उद्योग, मसला उत्पादन गर्ने ५ वटा उद्योग र गुलियो पदार्थ उत्पादन गर्ने ३ तथा तेल तथा घ्यूजन्यको २ वटा उद्योगका विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।

यसैगरी, सोयासस उत्पादन गर्ने एउटा उद्योग र अन्य ८ वटा उद्योग गरी कूल ११५ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको हो ।