वि.सं.२०८२ माघ २५ शनिवार

खप्तडटिभीका सम्पादक शाहलाई सफाइ

अमेरिकामा श्रृंखलावद्ध ठगी गरी ५५ करोडभन्दा बढी रकम नेपाल भित्र्याएकाे आराेपमा पक्राउ परेका खप्तडटिभीका सम्पादक पृथ्वीबहादुर शाहलाई जिल्ला अदालत काठमाडौंले ‘कसुर ठहर हुन नसक्ने’ भन्दै सफाइ दिएको छ ।

आफ्नै मुद्दामा सिन्सियरको लज्जास्पद हार, खप्तडटिभीकाे जीत

यस खप्तडटिभीका सम्पादक समेत रहेका शाहलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले सफाई दिएकाे हाे ।

शाहसङ्गै यस मुद्दामा मुछिएका अन्य २० जनालाई समेत सफाइ दिएको हो ।

शाहले नेपाल आउने पर्यटकसँग अमेरिकामा नै संकलन गरेको रकम नेपाल पठाइएको दाबी गरे ।

नेपाल भ्रमणमा आउने अमेरिकी पर्यटकहरूले यातायातदेखि अरु खर्च, स्वास्थ्य उपचार बीमा लगायतको रकम समेत उतै भुक्तानी गर्ने शाहको दाबी थियो ।

उनले त्यहाँको कम्पनीबाट उक्त रकम आफू र यहाँको कम्पनीको नाममा नेपाल भित्रिने गरेको जिकिर गरेका थिए ।