वि.सं.२०८१ असोज २५ शुक्रवार

प्रधानाध्यपक संजिव कुमार साह बिद्यालयमै शंकास्पद हिसावले झुन्डिएको अवस्थामा भेटिए

सडकमै पत्रकार सम्मेलन

जिल्लाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै झुण्डिएको अवस्थामा फेला परेका छन।

विद्यालयमा प्रधानाध्यपक खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयकको तेस्रो तल्ला अथवा सभाहलमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन्। तर उनको शंकास्पद हिसावले घटना घटेकाे स्रोतको दाबी छ ।

स्रोतका अनुसार कार्तिक १९ गते आइतवार विहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय साहयोगीलाई मोवाईलको रिचार्जकार्ड किन्न पठाएर आफू भवनको माथि जान कैचि गेटको साँचो माँगेका थिए।

रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजीगर्दा पनि नभेटेपछि कतै जानुभयोहोला भन्ने ठानेर खोजि नगरेको बताइएको छ।

केहीवेरमा कैचिगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको त्यहि कार्यरत एक शिक्षकले बताए।

घटना थाहापाउन साथ प्रहरीलाई खवर गरेका थिए।

सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै झुण्डिएको अवस्थामा फेला

प्रधानाध्यापक साहको पोष्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा लगिएको छ ।

९ बुदे मागँ राखेर शिक्षक संगठनहरुले सडक अबरुद्ध गर्दै सडकमै पत्रकार सम्मेलन गर्नुका साथै गोलबजार नगरपालिकाका सम्पूर्ण विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणासमेत गरेको छ।

सडकमै पत्रकार सम्मेलन

साथै आन्दोलन कर्ताहरूले मृतकका श्रीमतीलाई योग्यता अनुसारको रोजगारी दिनुपर्ने, मृतकको स्कुलमा शालीक बनाउनुपर्ने, बालबच्चालाई उचित शिक्षाको प्रबन्ध गर्नुपर्ने, घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कार्बाहि हुनुपर्ने, शिक्षकहरुमाथि शान्ति सुरक्षाको प्रत्याभुनि हुने गरी वातावरण निर्माण गरिनुपर्ने, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने, मृतक शिक्षकलाई सहिद घोषणा गरिनुपर्ने माग राखेका छन् ।

यस घटनाको टुङ्गो नलागुन्जेलसम्म दैनिक ३० मिनेट पत्येक दिन पुर्व पश्चिम लोकमार्ग अवरुद्ध गरिने, गोलबजार नगरपालिका भवन अगाडि धर्ना दिने एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरहा अध्यक्ष प्रमोद कुमार सिंहले बताए।

राजमार्ग सोमबार विहान ९ देखि १२ बजेसम्म साढे तीन घण्टा अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। यस अनुसन्धानसमेत भइरहेको छ ।

पोष्टमार्टम के हो ?

पोष्टमार्टम भनेको मृतकको शवको मेडिकल जाँच हो जसको लागि उनीहरुको मृत्यु कसरी भयो भन्ने पत्ता लगाउन मदत गर्दछ । पोस्टमार्टम भने शब्द ‘मृत्यु पछि’ को लागि प्रयोग गरिने ल्याटिन भाषा हो।

अङ्ग्रेजीमा, पोस्टमार्टमले मृत्यु पछि हुने परीक्षा, अनुसन्धान वा प्रक्रियालाई बुझाउँछ। पोस्टमार्टम रोग विशेषज्ञहरू (रोगको प्रकृति र कारणहरू बुझ्न विशेषज्ञ डाक्टरहरू) बाट गरिन्छ।

फौजदारी कार्यविधि (संहिता) ऐन २०१७ को दफा २० मा नेपालको भूभागभित्र दुर्घटना वा आत्महत्या वा शंकास्पद मृत्यु भएमा सरकारले तिर्ने सम्पूर्ण खर्चसहित मृतकको पोस्टमार्टम गर्नुपर्ने व्यवस्था नेपाली संविधानमा उल्लेख छ। आकस्मिक र अप्राकृतिक मृत्युको अनुसन्धानको लागि जिम्मेवार कानुनी अधिकारीहरूको अनुरोधमा पोस्टमार्टम गरिन्छ र नेपालमा कानुनी अख्तियार नेपाल प्रहरी ले पाएका छन् ।

यदि कसैले कसैको हत्या गर्छ भने त्यस अवस्थामा पनि शवको पोस्टमार्टम हुन्छ । तर, कुनै पनि मृतकको पोस्टमार्टम गर्नुअघि उसको परिवारको अनुमति लिनुपर्ने हुन्छ ।

जतिसुकै आपतकालिन अवस्था भएपनि पोस्टमार्टम रातको समयमा हुँदैन । यसो गर्नुको एउटा विशेष कारण छ। कुनै पनि मृतकको मृत्यु भएको ६ देखि ८ घण्टाभित्र पोष्टमार्टम गरिसक्नुपर्ने भनिएको छ । यदि समय आठ घण्टा भन्दा बढी हुन्छ भने, मृत्युको कारण पत्ता लगाउन अलि गाह्रो हुन्छ।

किनभने ८ घण्टापछि मृत शरीरमा धेरै प्राकृतिक परिवर्तनहरू हुन थाल्छन्। त्यसैले जतिसक्दो चाँडो पोस्टमार्टम गर्न चिकित्सकहरूले सल्लाह दिन्छन्। तर, ढिलो भए पनि राति पोस्टमार्टम हुन सकेको छैन र यसको सबैभन्दा ठूलो कारण ‘कृत्रिम प्रकाश’ को प्रभाव हो ।

एलइडी वा ट्युबलाइटको उज्यालोमा मृत शरीरको घाउ रातो नभइ बैजनी देखिन्छ । फोरेन्सिक विज्ञानले बैजनी चोटको बारेमा कहिल्यै उल्लेख गरेको छैन। त्यस्तै, प्राकृतिक प्रकाशमा मृत व्यक्तिको जाँच गर्दा ट्युबलाइटमा देखिएको रङ भन्दा घाउको रङ फरक देखिन्छ ।

त्यसैले राति पोस्टमार्टम हुँदैन । नेपालमा सामान्यतः पोस्टमार्टमको लागि पाँच (५) चरणहरू छन्। जुन तल उल्लेख गरिएको छ:

१. बाहिरी परीक्षण

२. एक्स-रे

३. शरीरको तरल पदार्थको परीक्षण

४. मष्तिष्क परीक्षण

५. आन्तरिक परीक्षण

नेपालमा आज पनि फोरेन्सिक डाक्टर र फोरेन्सिक आस्पतालको कमि नै छ । कम्तीमा एक अस्पतालमा २ जना फोरेन्सिक डाक्टर हुनुपर्ने ठाउँमा कुनै मा त डाक्टर नै हुँदैनन् । यस्तै भएको डाक्टर पनि निजी अस्पताल र सरकारी अस्पतालमा मिलाएर काम गर्छन । नेपालमा अहिले आधिकारिक रुपमा सात (७) वटा कलेजहरूमा फोरेन्सिक विज्ञानको विषयमा शिक्षा प्रदान गरिन्छ । नेपालमा अहिले आधिकारिक रुपमा फोरेन्सिक विज्ञानको विषयमा शिक्षा प्रदान गरिने कलेजहरू निम्नानुसार रहेका छन् :

१.महाराजगन्ज मेडिकल क्याम्पस; महाराजगन्ज, काठमाडौं

२.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान; धरान, सुनसरी

३.लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल; तानसेन, पाल्पा

४.नेशनल मेडिकल कलेज; वीरगन्ज, पर्सा

५.चिकित्सा विज्ञान स्कुल,काठमाडौं विश्वविद्यालय; धुलिखेल, काभ्रेपलाञ्चोक

६.गण्डकी मेडिकल कलेज; पोखरा लेखनाथ, कास्की

७.मणिपाल कलेज अफ मेडिकल साइन्स;पोखरा लेखनाथ, कास्की