वि.सं.२०८३ कात्तिक २२ आइतवार

मोहन्याल कांग्रेसको नेतृत्वमा दिपेन्द्र शाहीको दाबी : केन्द्रमा गगनसँग विकासको समन्वय गर्ने योजना

नेपाली कांग्रेसको बहुचर्चामा रहेको महाधिवेशन आफैमा जति रोचक छ त्यो भन्दा रोचकता कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा रहेको छ । यो किन त भन्दा मोहन्यालमा जसरी केन्द्रमा जबर्जस्त राजनीतिमा पार्टीको नेतृत्व ,विचार , क्षमताले गगनकुमार थापा अगाडि बढिरहेका छन सोही तवरले मोहन्यालमा एक उर्जाशिल युवाले मोहन्याललाई साझा कांग्रेसको परिकल्पना मात्र नभै सम्रग मोहन्यालिको हकमा आफ्ना व्याक्तिगत इच्छाहरु त्याग गर्दै नेतृत्व गर्न होमिएका एक पात्र हुन दिपेन्द्र शाही ।

दिपेन्द्र नेपाली कांग्रेसका साझा युवा नेता हुन उनको सबै वडाका नेताकार्यकर्ताहरुले सम्झिने नाम हो, आफ्नो स्वार्थलाई गौण मानी अरुको भलाईमा निरंतरता लागिरहेका शाही स्वास्थ्यकर्मी समेत हुन । उनले टिकापुरमा शिक्षण गरे ,अछाममा अन्तर्राष्ट्रिय संस्था र अस्पतालमा काम गरे र बाजुरामा पनि । पछिल्लो समय मोहन्यालकै उत्कृष्ट विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयको अध्यक्ष भएर आफ्नो सफल कार्यकाल सम्पन्न गरेर सामाजिक कामहरुमा आफ्नो जिन्दगीका क्षणहरु अगाडि बढाइरहेका छन।

कांग्रेसको यहि असोज ७ मा हुने पालिका अधिवेशनमा दिपेन्द्रको उम्मेदवारिता नभै सर्वसम्मत पार्टीको पालिका सभापति निर्विरोध हुनेमा सबै कांग्रेसका नेता कार्यकर्ताहरु ढुक्क छन ।

पालिकासमयले उनै युवानेता दिपेन्द्रलाई सोध्दा उनले भने म जहिल्यै व्याक्तिगत स्वार्थलाई भन्दा सम्रग पालिकाको हितमा काम गरिरहेको र गरिरहने छु साथै अबको कांग्रेस अग्रजलाई सम्मान गर्दै युवाहरुलाई नेतृत्वमा ल्याउने मेरो परिकल्पना भएको स्पष्ट पारे ।

उमेरले ३६ वर्ष लागेका दिपेन्द्रको नेतृत्वमा बलियो कांग्रेस हुनेमा मोहन्याल गाउँपालिकाका अरु दलमा आस्थावानहरुको समेत आशा रहेको विपक्षी दलका एक नेताले बताए ।

दिपेन्द्र नेतृत्वको बलियो कांग्रेस भै मोहन्यालको एकीकृत विकास होस शुभकामना ।