
सिरहा ।प्रतिनिधिसभामा प्रस्तावित भूमि विधेयकविरुद्ध उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहामा बृहत् विरोध प्रदर्शन गरेका छ्न।
जिल्लाकाे लहानमा आइतबार जसपा नेपालका शिर्ष नेता तथा कार्यकर्ताहरु ले बृहत् विरोध प्रदर्शन गर्दै कोणसभा गरेका हुन।
लहान स्थित पशुपति आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट जसपा नेपालका नेता तथा कार्यकर्ताहरु ले विभिन्न नारा–जुलुस लगाउदै बजार परिक्रमा गरेका थिए ।
जुलुस सहिद पार्क अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा प्रमुख वक्ताहरु मा. राजकुमार गुप्ता, ललिता दास, जिल्ला अध्यक्ष अशोक यादव, प्रयागलाल यादव, दिनेश महताे ,युवा तथा विद्यार्थी नेता दिपेश यादव, लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतो, लहान नगर अध्यक्ष रामउदगार महताे, जितेन्द्र महतो, शिव उदगार यादव, विजय यादव, शत्रुधन मण्डल, ललिता यादव लगायत नेताहरु रहेको थियो।





























