वि.सं.२०८१ असार १ शुक्रवार

नेविसंघको स्थापना दिवस : वृद्धा आश्रममा फलफूल वितरण

पोखरा । ५४औँ स्थापना दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीले वृद्धाआश्रम पुगेर फलफूल वितरण गरेको छ । पोखरा १७ स्थित वृद्धाआश्रममा आश्रय लिइरहेकाहरुलाई १५ जनाको समूहले फलफूल वितरण गरेको हो ।

कास्की नेविसंघ अध्यक्ष नसिव गुरुङको नेतृत्वमा फलफूल वितरणको कार्यक्रम गरिएको नेविसंघ नेता डिफान भुजेलले बताए । कार्यक्रममा नेता भुजेल , बिजय घिमिरे, कुशल खड्का लागयत सहभागि भए । अध्यक्ष गुरुङले बुबाआमाको अनुहारमा खुसीका आँशु देख्दा आफूहरुलाई यस्ता अनुकरणीय काम गर्न थप उर्जा मिलेको बताए ।

नेविसंघ कास्कीका सचिव विष्णु पहारीले यो कार्यक्रम सफल एवं उदाहरणीय बनेको र आउने दिनमा विद्यार्थी राजनीतिको परिभाषा नै फेर्ने गरेर यस्तै रचनात्मक क्रियाकलाप गरिने जानकारी दिए । उनले भने, ‘विद्यार्थीमुखि नीतिनियम निर्माण गर्नु आजको आवश्यकता हो । र, रचनात्मक काम गर्नु हाम्रो सांगठनिक कार्यभार हो ।