वि.सं.२०८० फागुन ११ शुक्रवार

माओवादीका ‘सेक्सी’ केन्द्रिय सदस्यको हर्कत छताछुल्ल !

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईँले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत एक किशोरीलाई अश्लील शब्द प्रयोग गरेको भन्दै पार्टी कार्यालयमा उजुरी परेको छ ।

सार्वजानीक स्थानमा प्रयोग गर्नै नै नमिल्ने शव्दहरु बजगाईंले किशोरीलाई प्रयोग गरी फेसबुक म्यासेन्जरमा पठाएको उनले बताएकी छन् । छोरी भन्दै च्याट गर्ने र गलत नियतले अश्लील शब्द प्रयोग गरेपछि बजगाइँलाई ती किशोरीले फेसबुकबाट ब्लक गरेको जनाएकी छन् ।

उनले नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौँ जिल्ला समन्वय समिति, अखिल क्रान्तिकारी केन्द्रीय समिति र काठमाडौँ समितिलाई समेत उजुरीको वोद्यार्थ दिइएको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार समेत रहेका बजगाईँले एकदमै तुच्छ शब्दहरू प्रयोग गरेकाले पार्टीबाट कारबाहीको माग गर्दै पीडित किशोरीले मङ्सिर १८ गते उजुरी दिएकी थिइन् । चुनावमा उनले ५१८ भोट ल्याएका थिए ।