नेकपा (एमाले) दोलखाका नेता कार्यकर्ताले गरिबले मात्र भ्रष्ट्राचार गर्छन भन्ने भाष्य निर्माण गर्न खोजेको छ। एमाले युवासंघका एक कार्यकर्ता सुशील खड्काको फेसबुक पोस्टबाट उक्त कुरा प्रमाणित हुन्छ ।
प्रतिनिधिसभाका एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई किन भोट हाल्नु पर्छ भन्ने कारण उल्लेख गर्दै उनीले उक्त कुरा लेखेका छन् । सुशील मात्र नभएर दोलखा एमालेका अधिकांश नेता कार्यकर्ताले उक्त भाव सामाजिक संजालमा प्रकट गरेका छन् ।
उम्मेदवार धनी भएर टिकट पाएको भन्ने कुरा विवादित भैरहेको बेला गरिबले मात्र भ्रष्ट्राचार गर्छ भन्ने आशयले उक्त प्रचार सामग्री आएका कारण दोलखा एमाले भित्रै विवादले उग्र रुप लिएको छ ।
सुशीलको पोस्ट जस्ताको त्यस्तै :
दोलखाली जनताले उहाँलाई भोट किन दिने ?
१. उद्यमशिल तथा सकारात्मक कर्म गरि तुलनात्मक रूपमा आर्थिक सबलता भएको, धेरै बर्ष अघि देखिनै राजनीतिक तथा सामाजिक अभियानमा सरिक हुदै आउनु भएको, त्यसो हुँदा उहाँमा अकुत सम्पत्ति कमाउने, भ्रस्टाचार गर्ने सोच छदैछैन र नभएको ।
२. उहाँमा एकदम नयाँ जोस जागार र उत्साह छ, साथै अहिलेसम्म कुनै पनि तहको जनप्रतिनिधि नहुनु भएको, अनटेस्टेट फ्रेस तुलनात्मक रूपमा युबा हुनुहुन्छ समाज र देशको लागि केही गरौं भन्ने ब्याकुल ईच्छा र भावना उहाँमा छ ।
३. दम्भ, घमण्ड, लोभ, ईर्ष्या नभएको सामन्ती सोच र व्यबहार नदेखिएको, कम्युनिस्ट पन अत्यधिक भएको सालिन ब्याक्तित्व भएकोले ।
यी माथी उल्लेखित तीन गुण भएकाले नै तुलनात्मक रूपमा दोलखा जिल्लामा हाल उहाँ जतिको उत्कृष्ट प्रतिनिधि सभाको उमेदवार कोहि छैनन । त्यसैले ।