वि.सं.२०८१ असोज २५ शुक्रवार

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

१५ वर्ष पुरानो हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सुर्खेत प्रहरीका अनुसार कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट पक्राउ अनुमति पाएको हो । प्रहरीले ०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो ।

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

०६५ फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जन माविमा अध्ययनरत राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको बताइएको छ ।

याे पनि…

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप