वि.सं.२०८२ कात्तिक २६ बुधवार

अब आर्थिक सामाजिक परिवर्तनको मुद्दामा केन्द्रित होऊ

मानव सभ्यताको सुरुवातदेखि नै विश्वमा एक अर्काको विचार नमिल्ने वित्तिकै आफ्नो असली चरित्र देखाउने अर्थात विरोध गर्ने गरेको नै पाइन्छ । त्यस्तै नेपालमा पनि विभिन्न कालखण्डमा ठूला-ठूला क्रान्ति, हत्याकाण्ड र परिवर्तनहरु हुँदै आएका छन् । त्यसका लागि नेपाली जनता ठूलो हिस्सामा प्रयोग भएका छन् । स्वतस्फूर्त वा वाध्यात्मक जे हिसावले भएपनि जनसमुदाय आन्दोलित भएका छन् ।

व्यक्तिगत महत्वकांक्षा, दलीय स्वार्थ रहेसम्म जतिसुकै ठूला राजनीतिक परिवर्तन भए पनि समाज परिवर्तन गर्न नसकिँदो रहेछ । आज त्यही नियतीको सिकार भएको हाम्रो देश नेपाल । जब कुनै पनि शक्तिले थोरै बिकासको थालनी गर्न पाएको हुँदैन त्यसलाई व्यक्तिगत मनोकांक्षाहरु पूरा गराउनको लागि विभिन्न शक्ति केन्द्रहरूले बिचैमा भाँजो हाल्ने गरेको पाइन्छ । कुनै दल विशेषले गर्न लागेको काम अर्को दल विशेषले अवरोध गरिदिँदा मूलुकले गतिलिन सकेको छैन ।

अरुले सुरुवात गरेको कुनै पनि बिकास योजना अघि बढ्न नदिने प्रवृत्ति नेपालको विकासको वाधक हो भन्दा अतियुक्ति हुँदैन । जापान, भारत, फ्रान्स लगाएत ठुला प्रजातान्त्रिक मूलुकहरुमा पनि राजनीतिक रूपमा पार्टीहरू बिभाजित छन् । उनीहरूले पनि राजनीति शक्ति र सत्ताका साथै देशको नेतृत्व आफ्नो हातमा लिने हर प्रयत्न गर्छन । तर जब देशको आर्थिकक तथा सामाजिक मुद्दाका विषयमा भने उनीहरूको एकमना एकता पाइन्छ ।

नेपाल बाहेक अरु मूलुकहरुमा पनि संसद अवरूद्ध नहुने होइन तर नेपालमा जस्तो चरम राजनीति खिचातानी र छिनाझप्टी त्यहाँ देख्न र सुन्न पाईंदैन । उनीहरूसँग राजनीतिक संस्कार हुन्छ । तर नेपालमा सामान्य राजनीतिक मुद्दाको लागि पनि संसद अवरोध देखि सरकार परिवर्तन सम्मको स्थिति सृजना हुन पुग्छ । विशेष गरेर नेपाल व्यवस्थापिका संसद् प्रधानमन्त्री फेर्ने र सरकार परिवर्तन गर्ने थलो मात्र भएको छ भन्दा अतिउक्ति हुँदैन । आर्थिक सामाजिक मुद्दाबाट यो पूरापुर वेखवर देखिन्छ ।

त्यसैले नेपालमा जबसम्म राजनीतिक दलहरूले आर्थिक, सामाजिक बैज्ञानिक पविर्तनको मुद्दालाई साझा मुद्दा बनाउँदैनन् तबसम्म देशमा कुनै ठुलो प्रगती र विकासको थालनी हुनै सक्दैन । जबसम्म देशका सम्पूर्ण राजनीतिक शक्तिको आर्थिक तथा सामाजिक मुद्दा एउटै हुँदैन तबसम्म जतिसुकै सरकार परिवर्तन होस या कथम्कदाचित संविधान नै बनोस देशमा शान्ति सुरक्षा, सामाजिक र आर्थिक परिवर्तन र प्रगती हुनै सक्दैन ।

देशले ४० थान प्रधानमन्त्री पाउन थालिसक्यो तर अहिले सम्म कुनै प्रधानमन्त्रीले जनताले अनुभुत गर्ने खालको जनताको चुल्होचौकासँग जोडिएका समस्याको सुनुवाई गर्न सकेको पाईंदैन । दुईतिहाई बहुमत प्रात बीपी कोईरालाले सरकारले सामान्य रुपमा आर्थिक तथा सामाजिक परिवर्तनको के सुरुवात भएको थियो त्यो सरकार पनि तत्कालीन राजा महेन्द्रको व्यक्तिगत महत्वकांक्षाले गर्दा सफल हुन दिएनन र २०१७ सालको राजनीतिक कु’ गरेर पञ्चायत व्यवस्थाको सुरुवात गरे अनी बीपीले सुरुवात गरेको आर्थिक र सामाजिक परिवर्तनका मुद्दाहरू ओझेलमा परे र राजा महेन्द्रले पनि सामान्य सरकार परिवर्तन भन्दा राम्रो काम गराउन सकेनन उनीपनि राजनैतीक मुद्दामा हराउन पुगे । पञ्चायतको ३० वर्षे कालखण्ड पनि आर्थिक, सामाजिक परिवर्तनको कुनै छनक नदेखिँदै समाप्त हुन पुग्यो ।

त्यसपछि २०४६ सालमा जनआन्दोलन पश्चात प्रजातन्त्र त पुनःस्र्थापना भयो तर त्यसले पनि देखिने आर्थिक सामाजिक परिवर्तनको स्पष्ट दिशा ग्रहण गर्न सकेन । विभिन्न राजनीतिक शक्ति अगाडि आए । २०४८ सालको संसदीय निर्वाचनको घोषणापत्रमा सामाजिक र आर्र्थिक परिवर्तनको कुराहरू उल्लेख गरिए । नेपाली कांग्रेसले बहुमत ल्याएर गिरीजा प्रसाद कोईराला प्रधानमन्त्री बने त्यो सरकारले धेरै आर्थिक परिवर्तनको मुद्दाहरू सुरुवात गरेको थियो तर प्रधानमन्त्री कोइरालाको व्यक्तिगत महत्वकांक्षाले गर्दा २०५१ मध्यावधि निर्वाचन गराउन पुगे । त्यो निर्वाचनमा कुनै दलको बहुमत आएन ठुलो दलको रूपमा एमालेको नेतृत्वमा मनमोहन अधिकारी प्रधानमन्त्री बने । त्यो पालामा भनेसामाजिक परिवर्तनका कामहरूको राम्रो थालनी भएको थियो । तर त्यो सरकारले गिरिजाप्रसाद कोईरालाको सरकारले उठाएको आर्थिक मुद्दालाई खासै पछ्याएको देखिएन ।

अन्ततः नौ महिनामै सरकार ढल्न पुग्यो । त्यसपछि पनि धेरै सरकार बने तर कुनै सरकारले पनि आर्थिक तथा सामाजीक मुद्दाको खासै सम्बोधन गर्न सकेको पाइएन । यस्तै बिचमा तत्कालीन एकताकेन्द्र मसालले बाबुराम भट्टराईको नेतृत्वमा ४० बुँदे आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनको माग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग राखे तर त्यसलाई सरकारले खासै चासो दिएन र माओबादी २०५२ साल फागुन १ गते जनयुद्धमा होमियो त्यसपछि भने नेपालको आर्थिक सामाजिक अवस्था निकै दयनीय हुन पुग्यो । विकासका संरचनाहरू ध्वस्त भयो । राजनीतिक दल र विरेन्द्रको वंशनासपछि सत्तामा आएका तत्कालीन राजा ज्ञानेन्द्रबीचको दूरी बढ्यो । २०६१ साल माघ १९ को शाही घोषणा मार्फत ज्ञानेन्द्रले देशको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए ।

ज्ञानेन्द्रको ‘कु’ बाट सत्ताबाट बाहिरीएका सात राजनीतिदलहरूले तात्कालिन बिद्रोही नेकपा माओवादीसँग भारतमा १२ बुदे सम्झौता गरी राजनीतिक परिवर्तनको लागि आन्दोलनमा होमीए र जनताको राम्रो साथ पाए । परीमाणतः आन्दोलन सफल पनि भयो ।
विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको निर्माण हुँदै मूलुकमा संविधानसभाको निर्वाचन पनि भयो त्यसपछि एमाओवादी ठूलो राजनीति दल पनि भयो । उसैको नेतृत्वमा सरकारको गठन भयो । नयाँ सरकार प्रचण्डको नेतृत्वमा बन्यो र अर्थमन्त्री बाबुराम भट्टराई बने उनले धेरै आर्थिक तथा सामाजिक परिवर्तनको सुरुवात त गरे तर संविधान बनाउन बनेको सरकार फेरी राजनीतिक मुद्दामै अल्झिन पुग्यो । तत्कालीन प्रधान सेनापति रुकमाङगत कटुवाल काण्डमा पुगेर सरकार परिवर्तन हुन पुग्यो र बाबुरामले सुरु गरेको सबै मुद्दा धसियो । त्यसपछि पनि सरकार परिवर्तनका श्रृङ्खला रोकिएन ।