मःम पसलमा जागिर लगाइदिन्छु भनेर मिर्गौला बेच्ने हरि दर्जीलाई काठमाडाैँबाट पक्राउ गरिएको छ ।
मानव बेचबिखन व्युरोले नुवाकोट बेलकोटगढी-१३ का ४३ वर्षीय दर्जीलाई पक्राउ गरेको हाे।
परिवर्तित नाम २६ बबरमहल (१०५) लाई दर्जीले नुवाकोटकै एक व्यक्तिलाई कोलकत्तामा मःम पसलमा काममा लगाइदिने र मासिक ३० हजार भारु तलब पाइने प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ।
उनी २०६५ मा समेत मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरी छुटेको प्रहरी अनुसन्धानबाट तथ्य खुलेको छ।
पीडितलाई दर्जीले नुवाकोटबाट काकडभिट्टा हुँदै कोलकत्ता पुर्याएका थिए। कोलक्ता पुगेपछि पीडितलाई बेहोस बनाएर मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हाे।
पीडितलाई विहे ब्रतबन्धमा बाजा बजाउने काम बहानामा दर्जीले गाउँ बोलाएको र सिधै मिर्गौला बेच्ने अफर सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
पीडितले मिर्गौला बेच्न अस्वीकार गरेपछि म:म: पसलमा मासिक ३० हजार भारु पाइने प्रलोभन देखाई कोलकत्ता पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
पीडितलाई झुक्याई अस्पताल लगेर बेहोस बनाई अर्कै व्यक्तिकोमा मृगौला प्रत्यारोपण गरि ६ लाख दिएपछि आफ्नो मिर्गौला बेचिएको पीडितले एकीन गरेको व्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
उक्त घटनामा बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीको समेत विरुद्धमा मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी परेको प्रवक्ता पंगेनीले बताए।
दर्जी लुकिछिपी हिँड्दै गरेकोमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप लिइ आवश्यक अनुसन्धान गरिरहेको एसपी पंगेनीले बताएका छन ।