वि.सं.२०८१ पुस २८ आइतवार

करिब २ करोड नक्कली नोटमा एनआइसी एसिया बैङ्क जाेडिएपछि

माघ २९ गते सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।

याे पनि….

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो ।

त्यो एक करोड ८२ लाख ५१ हजार रुपियाँ रहेको जानकारी प्रहरीले दिएको छ । बरामद गरेको नक्कली नोटको बण्डलमा एनआइसी बैङ्कको लोगोसहितको कागजले (ट्याग) गरेको देखिएको छ ।

एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैङ्कबाट बाहिर गएको हो कि भन्ने आशङ्का गर्न सकिन्छ ।