वि.सं.२०८२ कात्तिक १२ बुधवार

एनआईसी बैंकमा यौ*न दुर्व्य*वहा*रको ढाकछोप : सीईओ न्यौपानेको संरक्षणमा ‘कम्पनी सचिव’लाई फुली

यौन दुर्व्यवहार गर्नेले फुली पाउने, पीडितले मौन बस्नुपर्ने?

काठमाडौं । ‘बैंक पनि साथी पनि’ भन्ने नारा बोकेको एनआईसी एसिया बैंक भित्र यति ठूलो अन्याय लुकेको छ भन्ने कल्पना गर्न कठिन छ।

एनआईसीको लुट धन्दा : सर्वोच्च न्यायालयदेखि राष्ट्र बैंकसम्म सेटिङ्, बचतकर्ताको अरबौँ नोक्सान (श्रृंखलावद्ध)

निक्षेपकर्तालाई ब्ल्याकमेल, ऋणिलाई मानसिक पीडा, कर्मचारीमाथि श्रम शोषण, अनि यौन दुर्व्यवहारको अभियुक्तलाई संरक्षण दिने प्रवृत्तिले यो बैंकलाई अब ‘बैंक होइन, ब्यथा’ बनाइसकेको छ।

बैंक भित्र नै भएका गम्भीर यौन दुर्व्यवहारका घटना र त्यसको ढाकछोप गर्ने प्रयासले अहिले संस्थाको नैतिकता माथि गम्भीर प्रश्न उठेको छ।

‘यौन आरोपी’लाई बढुवा गर्ने निर्णय

२०८२ साउन २ गते, एनआईसी एसियाले आन्तरिक सर्कुलरमार्फत कम्पनी सचिव दिपेन कार्की र अन्य दुई जनालाई ‘सिनियर म्यानेजर’मा पदोन्नतीको प्रक्रिया अघि बढायो। कार्की त्यही व्यक्ति हुन्, जसविरुद्ध यौन दुर्व्यवहारको गम्भीर आरोपमा प्रहरीमा जाहेरी परेको थियो र केही समय हिरासतमा समेत रात बिताएका थिए।

तर हैरानीको कुरा के छ भने, यस्ताे गम्भीर आरोप हुँदाहुँदै पनि बैंकले उनीमाथिको अनुसन्धान प्रक्रियाको प्रतिवेदन सार्वजनिक नगरी उल्टै पदोन्नतीको तयारी थालेको छ।

सरकारी जग्गा हडपेर एनआईसी बैंकका सीईओ रोशन न्यौपानेले ठड्याए आलिशान घर, यस्तो छ उनको कालो कर्तुत..!

सीईओ न्यौपानेको प्रत्यक्ष संलग्नता र राजनीतिक दबाब

स्रोतका अनुसार कार्कीको बढुवामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेको प्रत्यक्ष संलग्नता छ।

न्यौपानेका ‘विश्वासपात्र’ कार्की बैंक भित्रका गोप्य निर्णयदेखि गैरकानुनी कार्यसम्ममा संलग्न रहेको कर्मचारीहरू बताउँछन्।

“न्यौपानेका राम्रो–नराम्रो सबै काममा कार्की सघाउँछन्,” एक कर्मचारीले भने, “त्यसकै पुरस्कारस्वरूप उनीलाई यौन काण्ड भुलेर पनि फुली दिइँदैछ।”

 

कानुनभन्दा माथि बैंकका हाकिमहरू ?

यौन हिंसाको पीडितलाई न्याय दिनुको सट्टा, बैंकले यौन दुर्व्यवहारका आरोपीलाई नै थप जिम्मेवारी दिएको घटनाले संस्थामा कानुनभन्दा पहुँच र सम्बन्ध बलियो भएको पुष्टि गर्दछ।

एक कर्मचारी भन्छन् :- “हामीले राष्ट्र बैंकमा उजुरी गर्दा समेत सुनिँदैन। यस्तो लाग्छ, एनआईसीका हाकिमहरू कानुनभन्दा माथि छन्।”

योग्यता होइन, चाकरीको पुरस्कार

एनआईसी एसियामा करिब ३२०० कर्मचारी छन्। तर विगत वर्षको मूल्यांकनमा जम्मा तीन जनालाई मात्र ‘एक्सिलेन्ट’ रिपोर्ट दिइएको छ ।

ती पनि सीईओका विश्वासपात्र। बाँकी सबै कर्मचारीलाई ‘गुड’ वा ‘साटिस्फ्याक्टोरी’ भन्दै उपेक्षा गरिएको छ।

इन्टरनल अडिट विभागका एक कर्मचारी भन्छन् :-“हामी रातभरी फाइल बोकेर काम गर्छौं, ओटी दिइँदैन। कामको श्रेय भने हाकिमको पोल्टामा जान्छ।”

अन्तरविरोध : न्यौपाने आफैँ ‘गुड’मा सीमित

सीईओ न्यौपानेले आफैंको कार्यसम्पादन मूल्यांकनमा ‘गुड’ पाएका छन्। तर ‘अब्बल’ भनेर अरुलाई अंक दिन नचाहने उनी, योग्य कर्मचारीको मनोबल कमजोर बनाउँदैछन्।

दुई कार्यकालसम्म सीईओको जिम्मेवारीमा रहेर बैंकको छवि गिर्दै गएको स्पष्ट देखिँदैछ, तर न्यौपानेले अझै कुर्सी छोडेका छैनन्।

राष्ट्र बैंक मौन किन ?

बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्ने नेपाल राष्ट्र बैंक भने यस मामलामा गम्भीर उदासीनतामा देखिन्छ। उजुरीहरूमा कुनै सुनुवाइ छैन। कतिपय अवस्थामा भारतीय दूतावाससम्मबाट दबाब आउँदा नियामक निकायले आँखा चिम्लिएको बताइन्छ।

बैंक होइन, पीडित उत्पादन गर्ने कारखाना !

एनआईसी एसियासँग सम्बन्ध राखेका कयौँ ऋणिलाई आत्महत्याको मार्गमा धकेलिएको छ। महिनौ–दुईको किस्ता नबुझाउँदा घरजग्गा लिलाम गरिन्छ। यस्ता अमानवीय कार्यले बैंकको भित्री चरित्र उजागर गरेको छ।

सुधार नभए विद्रोह

एनआईसी एसिया बैंक अहिले संकटको मोडमा छ । नैतिकताले, व्यवस्थापनले र मानवताले।

संस्थामा विद्रोहको स्वर अझ बलियो बन्दैछ। यदि अब पनि यस्ता यौन काण्ड ढाकछोप गर्नेहरूलाई बढुवा गरेर सम्मान दिइन थालियो भने, देशका समर्पित कर्मचारी, पीडित ग्राहक, र न्याय खोज्ने महिलाहरू सबैको विश्वास सधैंका लागि गुम्नेछ।

अब प्रश्न उठ्छ : के बैंकको मुनाफा सबैथोकभन्दा ठूलो हो ? कि मानवीय मूल्य र न्यायको अझै अर्थ बाँकी छ ?