वि.सं.२०८१ साउन १० बिहीवार

नारायणकाजीलाई पाजी भन्दै विद्यार्थीका केशव रावलले दिए भिड्ने चुनौती !

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष केशव रावल पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भिड्न तयार देखिएका छन्, तर उनले कुन विषयमा भिड्ने भन्ने खुलाएका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका दुवै पक्षलाई छलफलमा बोलाएर छलफल गरेका र कारबाही लागु नहुने सन्दर्भमा एउटा अनलाईनमा समाचार आएको विषयलाई लिएर रावल सामाजिक संजालमा नारायणकाजी विरुद्ध बर्बराएका हुन्।

उनले कार्की पक्षलाई सुरेन्द्र बस्नेत र नारायणकाजी श्रेष्ठले उचालेको भन्दै भिड्न आउन खुल्ला चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘यो समचार पुरै पढ्दा भाषा शैली लेखन काला अनुसार अखिल (क्रान्तिकारी) का पुर्व उपाध्यक्ष हालका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष आदरणिय दाई सुरेन्द्र वस्नेतले लेखेर काठमाडौ टुडेलाई दिनुभएको पांए !

पवनलाई वलिको बोको नवनाई सुरेन्द्र काजी दाई र नारायण काजी दाई पर्दा पछाडी होइन अगाडीबाटै आउनुहोस् अझ अखिल (क्रान्तिकारी) मा आउनुहोस तपाई दुवै संग भिड्न तयार छु-अध्यक्षमा भिडौं हारे तपाईहरुको हली बन्छु ! लाभका लाछीहरु काजीबाट पाजीमा पुग्न समय नलाग्ला हेक्का रहोस् !