खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे ।
‘खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प मापन भएको छ’ ।
भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।