वि.सं.२०८३ साउन १३ बुधवार

एआइजी डा. मनोज केसी : स्वच्छ छवि र निर्भीक प्रहरी अफिसर

नेपाल प्रहरी संगठनभित्र इमानदार, कर्तव्यनिष्ठ र निष्कलंक छविका अधिकृतको नाम लिनुपर्दा एआइजी डा. मनोज केसी अग्रपंक्तिमा आउँनुहुन्छ । आफ्नो पेशागत जीवनमा कुनै आग्रह–पूर्वाग्रह नगरी, केवल न्याय र कानूनको पालना गर्दै समाजमा शान्ति–सुरक्षा कायम गर्न उहाँले निभाएको भूमिका सराहनीय छ।

डा. केसीले हरेक चुनौतीलाई निर्भीक नेतृत्व र दक्षतासहित सामना गर्न सक्ने क्षमता प्रदर्शन गर्दै आउनु भएको छ ।  अनुसन्धान र तथ्यलाई प्राथमिकता दिने उहाँको शैलीले उहाँलाई प्रहरी संगठनभित्र मात्र होइन, सर्वसाधारण जनमानसमा पनि आदर्श अफिसरको पहिचान दिएको छ।

डा. केसी केवल प्रहरी अधिकृत मात्र होइनन्, विचारक र अनुसन्धानकर्ता समेत हुन्। उहाँले लेख्नुभएको ‘Enhancing Policing in Nepal’ पुस्तकमा नेपालको अपराध नियन्त्रण र अनुसन्धान प्रणालीबारे गहिरो विश्लेषण पाइन्छ। पाँच वर्षको अपराध तथ्यांकलाई गहिराइपूर्वक अध्ययन गरेर प्रस्तुत गरिएको यो पुस्तकले भविष्यको आधुनिक र वैज्ञानिक प्रहरी व्यवस्थापनका लागि मार्गदर्शन गर्ने खालको योगदान दिएको छ।

नेपालकै इतिहासमा ठूलो राजनीतिक–सामाजिक तरंग ल्याएको नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. केसीको निर्भीक कदम अविस्मरणीय छ। जस अपराधीलाई नजिकबाट हेर्न वा छुनसमेत अरू अधिकारी डराउँथे, त्यस्ता व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने साहस डा. केसीले देखाउनुभयो। यही कारण, उहाँको नाम देशव्यापी मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित बन्यो।

केही महिना मात्रै विशेष ब्युरो हाँक्दा उहाँले साना अपराधीलाई मात्र होइन, ठूला–ठूला अपराधी समूहलाई समेत हायलकायल पार्नुभयो। अपराधीले सत्ता र पहुँचको ओछ्यान ओढेर लुक्ने बाटो बन्द गर्नुभएको थियो। अपराधीलाई छलीले होइन, प्रमाण र कानूनी बलले नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण डा. केसीले आफ्नै कामबाट देखाइदिनुभयो।

यसकारण आज पनि एआइजी डा. मनोज केसीको नाम सर्वत्र सुनिन्छ। उहाँको स्वच्छ छवि, बौद्धिक योगदान र साहसिक कदमहरूले प्रहरी संगठनलाई नयाँ ऊर्जा दिएको छ।

डा. केसी केवल प्रहरी अधिकारी मात्र होइनन्, न्यायका पक्षधर, अपराधविरोधी योद्धा र समाजका लागि आदर्श प्रेरणा हुन्।

https://www.facebook.com/share/v/1BPKvQFKPi/?mibextid=wwXIfr