वि.सं.२०८० फागुन २२ मंगलवार

बुङ्गलका आइटी अफिसरकाे दादागिरी: भिडियाे बनाएकाे निहुमा जाेशीमाथि आक्रमण

बझाङ जिल्लाको बुङ्गल नगरपालिका का सूचना शाखा प्रमुख

(आइटी अफिसर) रमेश कार्किले स्थानीय रामचन्द्र जाेशीमाथि भाैतिक आक्रमण गरेका छन् । नगरपालिकाकाे भ्रष्टाचार विरूद्व बाेल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ साेही विषयकाे निहुमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् ।

रामचन्द्रले बुधबार दिउँसाे कार्यालय समयमा समेत नगरपालिकामा काेही कर्मचारी नभएकाे भिडियाे खिचेर सामाजिक सञ्जालमा राखेका थिए । साेही भिडियाे किन राखेकाे भन्दै कार्कीले आफूलाई आक्रमण गरेकाे उनले बताए ।

कार्किकाे हातपातले उनकाे छाति र औंलामा चाेट लागेकाे छ । अहिले उनीमाथि आक्रमण भएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ । राजनीति पहुँचकै भरमा कार्कि नगरपालिकाकाे सूचना तथा प्रविधि शाखाकाे प्रमुखमा नियुक्त भएका थिए । उनकाे याेग्यताकाे विषयमा समेत बेला- बेलामा स्थानीयहरूले प्रश्न उठाउने गरेका थिए । तर, मेयरदेखि अन्य राजनीति नेतासँग बलियाे पहुँच बनाएका उनीमाथि कसैले पनि छानबिन गरेन् ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02Zv5YqfbG7SLuU1bnAiWd1vfDwTVHVBeDQ4dJQ637gPTCQxXeEbTTQq4bdubUPtdNl&id=100047469281539&mibextid=Nif5oz