वि.सं.२०८१ असार १ शुक्रवार

आउँदो वर्ष निजगढ विमानस्थलको साइट क्लिअरेन्स हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लिअरेन्स गर्ने काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तरमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित गर्ने गरेको भन्नुहुँदै आगामी आर्थिक वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लिअरेन्स गर्ने काम सक्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनको मुआब्जा वितरण , सञ्चालन र व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उलेख गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले रेल सेवा सञ्चालन गर्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जारी छ । प्रश्नोत्तरका लागि १ घण्टाको समय छुटाइएको छ ।