वि.सं.२०८० फागुन १० बिहीवार

माओवादी नेता बिनोद घिमिरे सम्मानित

नेकपा (माओवादी केन्द्र) दोलखाका नेता बिनोद घिमिरे सम्मानित भएका छन् । माओवादी केन्द्र निकट जनसंगठन वाईसियलको केन्द्रिय नेता समेत रहेका घिमिरेले दोलखाकोक बैतेश्वर विशेषगरि वडा नं २ को विकास निर्माणमा पुर्याएको योगदान स्वरुप उनलाई सम्मान गरिएको हो । घिमिरे कै पहलमा बैतेश्वरमा थुप्रै बजेट र योजना गएका छन् ।

दोलखाली समाजको आयोजनामा भएको पिकनिक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । घिमिरेलाई सम्मान गरिएको कार्यक्रममा एमाले नेता बालकृष्ण शिवाकोटी, माओवादी नेता गंगा कार्की लगायत नेता कार्यकर्ता, बुद्धिजीवी, पत्रकार उपस्थित थिए ।