वि.सं.२०८१ असार १ शुक्रवार

भुम्लु गाउँपालिकाको निशुल्क आँखा शिविरमा अब जाने होइन त

 

काभ्रेको भुम्लु गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

पालिकाको भुम्लुबेँसीमा रहेको भुम्लु आधारभुत अस्पतालमा यही फाल्गुण २३ देखि  २७  गतेसम्म निशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।

पालिकाभित्र रहेका आँखाका बिरामीहरूलाई समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यका साथ पालिकाको सहकार्यमा लायन्स काठमाडौँ कञ्चनजंघाको आयोजना र किर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुनेछ ।

शिविरमा आएका आँखाका बिरामीहरुको निशुल्क उपचार र मोतिबिन्दु भएका बिरामीको निशुल्क अप्रेशनको व्यवस्था समेत मिलाइएको स्रोतले जनाएको छ।