काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङको वडा सदस्य दानकुमारी महत खत्रीले भएभरको पदमा आफै बसी राजनीतिक आड र पहुँचमा अरुलाई दुख दिएकाे आरोप लागेको छ ।
२०७२ सालदेखि सोही वडाको उर्लेनिमा रहेको श्री भिमेश्वोर महिला कृषक समुहको अध्यक्ष समेत रहेकी दानकुमारी हाल वडा सदस्य भएपनि विकास निर्माण कार्यदेखि सबै कुरामा आफै अवसर खोज्ने स्थानीयको भनाइ छ।
०७२ सालमा स्थापना भएको भिमेश्ववर सहकारीको स्थापनाकाल देखिनै सहकारीको अध्यक्ष बनेर बचतकर्तालाई समेत दुर्व्यवहार गर्दै आएको सहकारीका एक सदस्यले बताए।
पालिकाद्वारा दर्ता भएको उक्त सहकारीमा सुरुवातमा ४०/४५ जना बचतकर्ताबाट सुरुवात गरेको बताइन्छ। बिस्तारै सहकारी चल्दै गएपछि सहकारीको अरु सदस्यहरूले हर हिसाबकिताब देखाउनको लागि आग्रह गर्दा सहकारीको सचिवलाई नै विभिन्न आरोप लगाएर निकालेको एक स्थानीयले बताए।
गाउँपालिकाले सहकारी भवन निर्माण गर्नको लागि ९ लाख रुपियाँ बजेट छुट्याएपछि उक्त निर्माणको जिम्मा समेत आफैले लिएर काम गर्न थालेको र सोही सहकारीको सचिव यशोधा खत्रीले भवन निर्माणको पहिलो किस्ताको हर हिसाबकिताब देखाउनु भन्दा रातरात आफूलाई सचिवबाट हटाएर आफ्नो मान्छेलाई सचिव बनाएर आफूलाई कुहिएको आलुसँग तुलना गर्दै त कुहिएको आलु रहिछस् हामिले बोराबाट निकालेको हौ भन्दै वडा सदस्य दानकुमारीले गालीगलोज गरेको पीडित सचिव यशोधाले भनिन्।
आफ्नो श्रीमतीले हरहिसाब सबै माझ देखाउनुपर्छ भन्दा आजबाट नबस भनी सदस्यबाट समेत हटाएको सोही वडाको अर्का सहकारीको पीडित सदस्य सानू मैयाँ जिसिको श्रीमान् टीका बहादुर जि।सिले बताए।
भवन बनेको जग्गामा पनि किचलो रहेको र सुरुमा ३० हजारमा जग्गा धनीसँग जग्गा लिने भनी कुरा मिलायता पनि अहिले जग्गा धनीले थप जग्गाको पैसा मागिरहेका छन् ।
जग्गा धनीकाअनुसार ३० हजार बैना मात्रा लिएको हो भन्ने बुझेको छु। साथै लेखपढ गर्न नजान्ने मलाई वडा सदस्य दानकुमारी राती आएर कहाँ कहाँ सहि छाप गर्न लगाइन भन्दै आफूसँग गुनासो पोखेको टीका बहादुरको भनाइ छ।
किचलो हुँदा हुँदै पनि यस पटक फेरि भवन कै लागि भनेर थप १ लाख ५० हजार बजेट बिनियोजित गरेको पाईन्छ । उनले भने मन परेको मान्छेलाई रिण दिने, बचत भएको रकम आफ्ना आफ्न्तलाई दिने यसो गर्न मिल्दैन भन्दा सचीवबाट यसोधालाई निकालियो र मेरो श्रीमतीलाई पनि निकालियो । सानी मैयाँ जिसि तपाइको मासिक बचत पनि गर्दैनौ भनेर निकाले, उल्टै न्यायपालिकामा गएर हामीलाई नै उजुरी हालियो जे-जे काम गर्नु हुन्छ सबै आफै गर्नुहुन्छ ।
परिवर्तन गरेको सचिब सरस्वोति महतलाई पनि आफुले भनेको कुरा नमानेपछि परिवर्तन गरी बिन्दा बानिया राखेको स्थानीय बताउँछन ।
सोझोलेखपढ नगरेकोलाई सहकारीको सचिवमा राख्ने हिसाब अरुलाई गर्न लगाउने अनि हिसाब खोज्यो भने निकालेर अर्को आफ्नो मान्छे ल्याउँने कुराले दानकुमारीको हर कुरामा खोट गरेको सजिलै आकंलन गर्न सकिन्छ।
करिब ८/९ लाखमा बनेको १ कोठे भवनको हिसाब को कुनै पनि पारदर्सी नभएको सदस्यहरु बताउँछन । सोही वडाको ठडेन्द्र बहादुर पन्थको जग्गामा बनाइएको भवन् अहिले सम्म सहकारीको नाममा लान नसकेको र शुरुमा ३० हजारमा जग्गा धनी पन्थलाई जग्गा लिने भनी कुरा मिलायर ३० हजार बैना दिई र अहिले पुरै पैसा नदिएकोले ब्यक्तिकै नाममा भएको एक स्थानीयले बताए । यो किचलो वडाले थाहा भएर पनि यस पटक भवनको लागि थप१ लाख ५० हजार बजेट बिनियोजित गरेको बताइन्छ ।
कसैलाई ९५ कसैलाई १५५ ब्याज लिने गरेको र भवन निर्माणको लागि ल्याएको बालुवा, गिट्टी र सिमेन्ट समेत दानकुमारीले बेचेर हिसाब नदेखएको स्थानीयको अर्को आरोप छ।
सहकारीको अध्यक्ष साथै वडा सदस्य दान कुमारी महत भने आफुले कुनै गल्ती नगरेको बताउँदै पन्छिन खोजिन् । उनको भनाइ अनुसार गाउँपालिकाको पुर्व अध्यक्षले सचिव एउटा उभेउटो भएनी ल्याउँनु भनेर त्यस्तो गरेको बताउँछिन।
तर किन जनप्रतिनिधि भएर सबै कुरामा तपाइँ आफै अगाडि सर्नु भयो रु भन्दा सबैले बस भनेर नै सबै पदमा बसेको बताइन्। उनले भनिनः “मलाई ठुला हिसाब गर्न आउँदैन ठुला ठुला स्कुलका सरहरुले भवन निर्माणको हिसाब गर्नुभएको छ । कुनै दिन हिसाब देखाउँला । साथै सदस्य दानकुमारीले भोलिपल्ट फोन गरेर सम्वादतालाई तपाई कहाँ हो सर हामी भेट्न आउदैछौ समेत भनेकी थिन। कुराकानीमै डरको अनुभव गरेकी सदस्यको यहि कुराबाट गल्ती पक्कै छ भन्ने अनुमान गर्न सकिन्छ।
हिसाब देखाउँन आनकानी गरेकोले अध्यक्ष बिरुद्द १५ जना सद्स्यको हस्ताक्षर सहित भुम्लु गाउँपालिका न्यायिक समितीमा उजुरी पनि गरेको पाईन्छ । तर अहिले सम्म केही नभएको ध्यानाकर्षण नभएको पिडितहरु बताउँछन्।