वि.सं.२०८१ साउन १ मंगलवार

सेना र रक्षा मन्त्रालयलाई मुद्धा हाल्ने उपरथीलाई जंगीअड्डाले किन समात्यो ?

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए ।

उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको सैनिक स्रोत बतायो ।

सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ ।