काठमाडौँको जडिबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा राजु महतोको समूह प्रथम भएको छ । स्नातक तहसम्मका विद्यार्थीको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत महतोको समूह लगातार दोश्रो पटक प्रथम भएको हो ।
महतोको समूहले १७५ अंक ल्याएको छ भने दोश्रो हुने समूहले ७५ अंक ल्याएको छ । प्रतियोगिताका विजेतालाई मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा क्याम्पसका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।