केहि समय पहिले दोलखा एमालेका प्रभावशाली नेता, तथा पुर्व मन्त्री पार्वत गुरुङ्गले आफु जस लिने ढङ्गले समृद्ध दोलखा, सुखी दोलखाली भन्दै जिल्लामा सरकारको तर्फबाट भए गरेका कामको प्रचार गर्न थाले । उनले जस लिने खोजेको दोश्रो पोस्टर थियो, ‘नेपाललाई भारत र चीनसंग जोड्ने तामाकोशी-सिंगटी-लामाबगर-लाप्चेगाउँ सडक खण्डको काम ।
उनले जस लिन खोजेको पोस्टरमै पार्टीका जिल्ला इन्चार्ज इश्वरचन्द्र पोखरेलले, ‘यस्ता हावा कुरा नगरे बेस’ भनेर कमेन्ट लेखिदिए पछि गुरुङ्ग छाँगाबाट खसे जस्तै भएका छन् । पोखरेल एमालेका निवर्तमान जिल्ला अध्यक्ष तथा हाल इन्चार्ज हुन् । उनले केहि समय पहिले रचना खड्कालाई पनि पुण्टि भुरी भनेर सार्वजनिक उछितो काटेका थिए ।
आफ्नै पार्टीका जिल्ला इन्चार्जले नपत्याए पछि गुरुङ्ग उदांगो भएका छन् भने, नेताले नै पत्याएनन जनताले किन पत्याउने भन्दै चरिकोटमा चिया गफ चल्ने गरेको छ ।
यो नाकालाई चीनसँगको व्यापारिक सम्बन्ध र उत्तर दक्षिण जोड्नका निम्ती छोटोसमेत हुने जानकारको भनाइ छ। चीनको प्रमुख व्यापारिक सहर सिगात्सेबाट लामाबगर आइपुग्न केरुङ र तातोपानीभन्दा ८० किमि छोटो पर्ने बताइएको छ। सिगात्सेबाट लामाबगर नाका हुँदै राजधानी आइपुग्न उस्तै दूरी हुने जानकार बताउँछन्।