विशेष गरि दीपको पर्व मानिने दशै पछिको नेपालिहरुको दोस्रो ठूलो चाड तिहार वा यमपञ्चकको आज दोस्रो दिन हो।
आज कागको पुजा पनि गरिदै छ भने कागलाइ मिठा, मिठा खाना पनि दिइन्छ।
हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझयमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात्यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ ।
यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।
धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार पर्सि मंगलबार गाईको पूजा गरिन्छ । बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि यमपञ्चक अर्थात तिहार पर्व समापन हुन्छ