पायल्स रोग भएकाले कहिले पनि अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको खानेकुराहरु खानु हुँदैन । साथै माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलमा बन्द गरिएको खानेकुराहरु खानु हुँदैन । यस्तै, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग गर्नु हुँदैन । यसका साथै स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिनु पर्दछ । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
पायल्स रोगका लागि घरेलु उपचार:
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा रगत तथा पिप आउने जस्ता समस्या ठीक हुन्छ। फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ। नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा आराम मिल्छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ। पाइल्सको सुरुवातको अवस्थामा एउटा भाँडामा तातोपानी र त्यसमा थोरै नुन राखेर मलद्वारलाई सेक्ने । पायल्सको कारण मलद्वारमा दुख्ने, पोल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ । बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ । यदि पायल्सको जटिल अवस्था भएमा चिकित्सकको सल्लाह लिनु पर्दछ ।