चाडपर्वलाई लक्षित गरेर जिरी नगरपालिकाका एक किसानले सयपत्री फूलको खेती सुरु गरेका छन् ।
चार्डपर्वमा फूलको माग बढ्ने भएपछि दोलखाको जिरी नगरपालिका – ६ यार्साका बेद बहादुर जिरेलले सयपत्री फूलको खेती सुरु गरेका हुन् ।
यतिबेला उनीहरु फूललाई स्याहारसुसार गर्नमा ब्यस्त छन । उनीहरुले यो बर्ष ५ रोपनी जग्गामा सयपत्री फूलको खेती गरेका छन् । अन्य ठाउँहरुमा किसानले फुल खेतिबाट धेरै आम्दानी लिएको थाहा पाएपछी आफुले पनि सुरुमा थोरै प्रयास गरेको र यो बर्ष सोचेभन्दा राम्रो आम्दानी लिनसके अर्को बर्ष फुलखेती सम्बन्धि तालिमनै लिएर अघि बढ्ने जिरेलले बताउनुभयो ।
जिरीमा सयपत्री फूलको व्यावसायिक खेतीतर्फ सबै किसानलाई थप आकर्षित बनाउनको लागि आफुले फुल खेतिको सुरुवात गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“फूलखेती व्यावसायिक बनाउन सके प्रशस्त आम्दानी लिन सकिन्छ ।“ यो बर्ष सुरुवात मात्रै गरेको छु । भने जस्तो आम्दानी लिनसके आगामी दिनहरुमा सबै किसानलाई यो खेतितर्फ आकर्षित बनाउन सकिन्छ, सयपत्री फूल वर्षभरि उत्पादन गर्न सकिए अझ मनग्य आम्दानी लिन सकिन्छ, हामी अहिले त्यसैको तयारीमा जुटेका छौ ।”
नेपालमा व्यावसायिक रुपमा फूलखेती गर्नेको सङ्ख्या कमै छ । तर, भारतमा भने भने व्यावसायिक रुपमा नै अत्याधिक फूल उत्पादन हुने गर्दछ । भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नुपर्ने बाध्यता रहेकोले सबै किसान फुलखेतीतर्फ आकर्षित भए राम्रो टेवा पुग्ने उहाको भनाई छ ।
यो बर्ष जिरी नगरपालिका भित्रनै राम्रो बजार नपाए सबै फुल संकलन गरि काठमाण्डौ लगेर बिक्री गर्ने उहाको योजना रहेको छ ।