वि.सं.२०८० फागुन १० बिहीवार

पर्सामा एक गर्भवतीले जन्माइन तिम्ल्याहा बच्चा

पर्सामा एक गर्भवती महिलाले तिम्ल्याहा बच्चा जन्माउनु भएको छ।

हिजो सोमबार वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा दिउसो १ बजे पर्साको कालिकामाई गाउँपालिका वडा न. ९ हरियरपुरकी २५ बर्षीया कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएको हो।

अहिले बच्चा र आमाको अवस्था समान्य रहेको अस्पताल स्रोतले जनाएको छ।